Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अब तेजाव छर्किनेलाई ८ वर्ष, राष्ट्रपति अपहरण गरे १५ वर्षसम्म जेल !

काठमाडौं । नयाँ मुलुकी (संहिता) ऐनको दफा ५३ (१) कसैले नेपालविरुद्ध हातहतियार उठाई युद्ध गर्न वा युद्ध गर्ने घोषणा गर्न, युद्ध गर्ने उद्योग गर्न वा धम्की दिन वा नेपालविरूद्ध युद्ध गर्ने नियतले हातहतियार, खरखजाना जम्मा गर्न वा सैनिक वा अर्धसैनिक संगठन निर्माणमा रोक लगाएको छ । आगामी १ भदौको बिहानीसँगै नेपालमा लागू हुने ऐनले संविधानसँग असन्तुष्टि जनाउँदै आएको विप्लव नेतृत्वको नेकपाको कतिपय गतिविधिलाई रोक लगाउने छ । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - ऐनको दफा ५६ मा जासूसीसम्बन्धी व्यवस्था गरिएको छ । नेपालको सैनिक स्थिति, सामरिक व्यवस्था वा आन्तरिक सुरक्षाको विषयका सम्बन्धमा जासूसी गर्ने वा गराउने व्यक्तिलाई २५ वर्षसम्म कैद र सरकारले राजनीतिक, आर्थिक वा कूटनीतिक दृष्टिकोणले गोप्य राख्नु पर्ने विषय वा अन्य कुनै गोप्य लिखतका सम्बन्धमा जासूसी गर्ने वा गराउने व्यक्तिलाई ५ देखि १० वर्षसम्म कैदको व्यवस्था गरिएको छ । यीबाहेक अन्य कुराको जासूसी गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ, भने कसैले जासूसी गर्न लागेको थाहा पाएर पनि सरकारलाई जानकारी नगराउने व्यक्तिलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना कायम गरिएको छ । मुलुकी ऐनको दफा ५७ राष्ट्रपति उपर आक्रमण प्रतिवन्ध लगाइएको छ । ऐनअनुसार कसैले राष्ट्रपतिको ज्यान लिन वा ज्यान लिने उद्योग गरे जन्म कैद, राष्ट्रपतिलाई अपहरण गरे वा गराए वा शरीर बन्धक लिन वा लिन लगाए १० देखि १५ वर्षसम्म कैद, कसैले राष्ट्रपतिमाथि कुनै किसिमले आक्रमण गरे वा गराए ५ देखि १० वर्षसम्म कैदको सजाय तोकिएको छ । यस घटनाबारे उजुरी जहिले पनि लाग्ने छ । मुलुकी ऐनको ‘गर्भ संरक्षण विरुद्धको कसूर’ दफा १९३ मा तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्ने निकृष्ट कार्यमा उद्यतका लागि कडा व्यवस्था गरिएको छ । सो कसूर गर्नेलाई प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अंग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याए तीन वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । जरिवाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending