Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

सूर्यको सतहको अध्ययन गर्न उड्यो रकेट

वासिङटन । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकले गरेका छन्। ‘तीन, दुई, एक, ब्लास्टअफ’ फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा-४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयानुसार बिहान ३.३१ बजे अँध्यारो आकाशतर्फ उडेको थियो। यस अनुसन्धान मिसनको नाम ‘पार्कर सोलार प्रोब’ राखिएको छ। यो मानवरहित अन्तरिक्ष यान इतिहासमै पहिलोपटक सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ। सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल (कोरोना) मा प्रवेश गर्नेगरी डिजाइन गरिएको छ। यसलाई शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ। उक्त यानलाई अत्यधिक तापबाट बचाउन ११.४३ सेन्टिमिटरको कार्बन राखिएको छ। पृथ्वी र सूर्यबीचको दूरी करिब ९ करोड ३० लाख माइल मानिएको छ। नासाका वैज्ञानिकहरूका अनुसार यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ। यो क्षेत्र सूर्यको सतहभन्दा ३ सय गुणा बढी तातो हुने ठानिएको छ। उक्त यानले सात वर्षमा सूर्यको परिक्रमा गर्नेछ। ९ फिट १० इन्च लम्बाइको यानको ६१२ किलोग्राम तौल छ। यति धेरै ताप र प्रकाशमा पनि काम गर्न सक्ने यो पहिलो यान हो। सूर्यको वरपर ऊर्जा र गर्मी कसरी घेरा बनाएर बस्छ भन्ने विषयमा यसले अध्ययन गर्नेछ। यो यानले सूर्यको वरपरको वातावरण, स्वभाव र यसको कार्यप्रणालीको बारेमा विस्तृत जानकारी हासिल हुने नासाको भनाइ छ। ९१ वर्षीय अमेरिकी ज्योतिर्विद् युजिन पार्करको नाममा उक्त यानको नाम राखिएको हो। सबैभन्दा पहिला सन् १९५८ मा उनले सौरवायुको वर्णन गरेका थिए। आफ्नो नाम दिइएको अन्तरिक्ष यान प्रक्षेपण गरेपछि उनले खुशी हुँदै प्रतिक्रिया व्यक्त गरेका छन्। उनले भने, ‘वाह! आगामी कैयौं वर्षसम्म हामीले केही सिक्नेछौं।’ गत शनिवार नै उक्त यान प्रक्षेपण गर्ने कार्यक्रम रहे पनि प्राविधिक समस्या देखाउँदै पछि सारिएको थियो। यो प्रोजेक्टका लागि नासाले १० खर्ब ३० अर्ब अमेरिकी डलर खर्च गरेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy