Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

विपक्षी सांसदले गरे करवृद्धि खारेजीको माग

काठमाडौं । प्रतिनिधि सभामा सत्ता र प्रतिपक्षी दलका सांसदहरूले केन्द्र तथा स्थानीय सरकारले जनतालाई मर्का पर्ने गरी करवृद्धिको निर्णय गरेको भन्दै करकै कारण संघीयता खतरामा पर्न सक्नेतर्फ सचेत गराएका छन्। अाजकाे अन्नपु्र्ण दैनिकमा याे खबर छ - ‘दोहोरो-तेहोरो कर लिने कार्य तत्काल अन्त्य गरी जनतालाई करको बोझबाट मुक्त गर्नुपर्छ’, प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्ने सत्ता तथा प्रतिपक्षका सांसदहरूले सरकारलाई सचेत गराउँदै भने। उनीहरूले मुलुकमा करविरुद्धको आन्दोलन प्रारम्भ भइसकेको जनाउँदै सरकारलाई भनेका छन्, ‘आन्दोलनले संघीयता मात्रै एक्लै घायल हुँदैन। यसले धेरै चीजलाई घाइते बनाउँदै नष्ट हुने चरणमा पुर्‍याउँछ।’ सरकारले तत्काल सर्वदलीय बैठकबाट वा संसद्बाट समिति गठन गरी कर आतंक अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्। सत्तारुढ दल नेकपाका सांसद हृदयेश त्रिपाठीले कर वृद्धिका कारण संघीय व्यवस्था बदनाम हुनेमात्र नभइ अरु धेरै चीज नष्ट हुन सक्नेतर्फ सरकारलाई सचेत गराए। सांसद त्रिपाठीले भने, ‘करविरुद्धको आन्दोलनले संघीय व्यवस्थामात्र नभई अरु धेरै चिज लैजाने खतरा हुन्छ त्यसैले बेलैमा ध्यान पुर्‍याउनु पर्छ। संसदले यसको निरुपण गर्नुपर्छ।’ ‘स्याङ्जामा ज्योतिषलाई पनि कर तिराइएको छ। परेवा, कुखुरा, साइकल जे देख्यो त्यसमै कर लगाउने काम गरिएको छ’, उनको आक्रोश थियो। कांग्रेस सांसद डिला संग्रौलाले जन्मदर्ता र मृत्युदर्ताको सिफारिस गर्दा एक हजार लिनु न्यायोचित नभएको बताइन्। ‘जन्मदर्ता र मृत्युदर्ताका लागि सिफारिस गर्दा १ हजार लिने गरिएको छ। जनताले महंगो कर तिर्न मत हालेका होइनन्’, संग्रौलाले भनिन्। राप्रपाका सांसद राजेन्द्र लिङदेनले सरकारले इन्टरनेट सेवामा लाग्ने कर फिर्ता लिएको घोषणा गरे पनि मोवाइल डाटा प्याकमा ३० प्रतिशतसम्म कर वृद्धि कायमै रहेको बताए। राजपाका सांसद महेन्द्रराय यादवले कर प्रणालीका नाममा संघीयता खतम गर्ने सरकारको षड्यन्त्रलाई जनताको आन्दोलनले चिर्ने चुनौती दिए। ‘जनतबाट अनावश्यक रूपमा कर लिएर सरकार कहाँ जान खोजेको छ’, यादवले आक्रोस पोखे। सांसद सञ्जय गौतमले दोहोरो करमा मुलुक चलाउने नीतिले साम्यवादमा पुग्न नसकिने औंल्याए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending