Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

आँप रुँघ्न बगैंचामै बास

जनकपुर । चार महिना भयो, धनुषाको धनौजी गाउँपालिका–५, बहुअर्वास्थित धत्ताका ६७ वर्षीय शोभित पासमान बगैंचामै सुत्छन् । सोही गाउँका ५६ वर्षीय बृजमोहन मण्डल र ६० वर्षीय कारी कापरको दिनरात पनि त्यसरी नै बित्छ । अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ - उनीहरूको मुख्य काम आँपको फूल फुल्न थालेदेखि फलेर बिक्री नभएसम्म बगैंचाको रेखदेख हो । धनौजी, बहुअर्वाका ७० वर्षीय विन्देश्वर कामत र श्रीमती हीरादेवी ४ महिनादेखि बगैंचाको हेरचाह गरिरहेका छन् । उनीहरू पाँच दशकयता यसैगरी बगैंचा रुँघिरहेका छन् । बोटमा आँप ननिख्रेसम्म उनीहरू बगैंचाबाट फर्किंदैनन् । ‘बाबु–बाजेकै पालादेखि बगैंचा रखबारी गर्दै आएका छौं,’ बगैंचामै भेटिएका शोभित पासवानले भने । आफ्नो काम बगैंचामा फलेका आँपलाई किरा–फट्याङ्ग्राबाट जोगाउने, खसेका आँप बटुल्ने र बिरुवा रेखदेख गर्ने रहेको उनी बताउँछन् । ‘जतिबेला पनि ध्यान आँपतिरै हुन्छ,’ ७० वर्षीय जितु कापरले भने, ‘टाढाबाट चोर्न आउँदैनन् । रखबारी गर्नेहरूबाटै जोखिम हुन्छ ।’ पूर्वी तराईको धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा आँप उत्पादन धेरै हुन्छ । पछिल्लो समय परम्परागत आँप खेतीलाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्न थालिएको छ । व्यापारीले यहाँका आँप इलाम, धनकुटा, काठमाडौं, पोखरालगायत सहरसम्म पुर्‍याउँछन् । कृषि विज्ञका अनुसार तराईमा माल्दा, बम्बै, कलकतिया, केराइला, बिजु, कृष्णभोगलगायत करिब ८१ किसिमका आँप फल्छन् । यस वर्ष तराईमा आँपको राम्रो उत्पादन भएको छ । वैशाख दोस्रो साता पाकेको आँपको भाउ प्रतिकेजी १५ देखि २० रुपैयाँ र काँचोको ३० देखि ३५ रुपैयाँसम्म थियो । सिजन सकिन लाग्दा भाउ अझै बढेको किसानहरू बताउँछन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy