जीवन भण्डारी । काठमाडौँ, १ भदौ । पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भन्नुभयो, “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको छ ।
खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नुभएका शाहबाज शरीफले भने ९६ मत मात्रै प्राप्त गर्नु भएको सभामुख क्विसेरले संसदमा घोषणा गर्नु भएको थियो । विश्वकप क्रिकेटमा पाकिस्तानलाई विजय बनाएर चर्चित बन्नुभएका इमरानले शनिबार पाकिस्तानी प्रधानमन्त्रीको रुपमा सपथग्रहण गर्नुहुने भएको छ । खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गत जुलाई २५ मा भएको निर्वाचनबाट पूर्व क्रिकेट खेलाडी खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआइ)ले ११४ स्थानमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी भएको छ । विपक्षीहरूले निर्वाचन परिणाममा धाँधली भएको विचार राख्दै नतिजा अस्वीकार गरेकाकाले विवादकाबीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् । कूल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन् । सरकार गठनका लागि आफूले मात्रै बहुमत प्राप्त नगरेकाले उहाँले गठबन्धन सरकार बनाउनु पर्ने भएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले नयाँ सरकार बनाउने तयारीमा हुनुहुन्छ ।
क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएका खानले क्रिकेटबाट सन्यास लिएर ४३ वर्षको उमेरमा सन् १९९६ मा पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) गठन गरेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गर्नुभएको थियो । भ्रष्टाचारविरोधी अभियान र विभिन्न सामाजिक मुद्दालाई उठाउनु भएका इमरानलाई शुरुमा धेरैले विश्वास नगरेपनि अहिले भने पाकिस्तानी जनताले मौका दिएका छन् ।
स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था, आतंकवाद विरोधी पाकिस्तानलगायतका कार्यसूचीहरूलाई मुख्य चुनावी कार्यसूची बनाएर निर्वाचन जित्नुभएका इमरानलाई आफ्ना कार्यसूची कार्यान्वयन गर्ने मौका र चुनौती एकैचोटी आइलागेको छ । चुनावका बेला उठाएका मुद्दा कार्यान्वन गर्न सक्नु होला की नहोला ? अव सवैको आखाँ उहाँप्रति यही प्रश्नका साथ तेर्सिने छन् । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: