Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

धराप जिन्दगी: गरिबी र नियतिले ठगिएकी पार्वतीलाई प्राधिकरणले पनि ठग्यो

दोलखा । खरले छाएको सानो एकतले झुपडी। घरभित्र एउटा कोठा छ। कोठाभित्र भिजेका पुराना सिरक डस्ना र केही सामान असरल्ल छन्। झुपडीको दायाँतिर धुरीतर्फको गारोे लडेको छ । घरको सबै भाग चर्किएको छ, कुनै पाटो सग्लो छैन। पार्वतीले छोराछोरीसहित यही धराप घरमा तीन वर्ष गुजारिन् । आजको नागरिक दैनिकमा याे खबर छ - पतिको अंशमा आएको यही एउटा झुपडी र केही पाखो बारी छ । पति काठमाडौंमा भारी बोक्थे । आफूले सामान्य खेतीकिसानी र ज्यालामजदुरी गरेर चाजना सन्तान हुर्काउँदै थिइन् उनी। जेनतेन गुजारा चलिरहेको थियो। यत्तिकैमा २०७२ वैशाखको भुइँचालोले उनीहरुको सानो संसार नराम्ररी हल्लाइलियो। केही समय पाखोमा त्रिपालमुनि बसे उनीहरू। छिमेकी सबैले अस्थायी कटेरो बनाए तर उनले त्यो पनि बनाउन सकिनन्। भरथेग केही थिएन्। पार्वतीको यो परिवार २०७२ भदौतिर फेरि त्यही धराप घरमै सर्न बाध्य भयो। भुइँचालोपछि पार्वतीका श्रीमान केशव राजधानी छोडेर गाउँ फर्किए। दुखःमाथि दुःख थपिँदै गएका कारण केशवलाई मानसिक तनाव बढ्दै गयो। उनलाई डराउने रोग लाग्योे। केही समयपछि उनी थला परे। गाउँका स्वास्थ्यकर्मीले उपचार गर्न राजधानी लैजान सुझाए। पैसा थिएन्। श्रीमान्को रेखदेखमै पार्वती घिमिरेको दैनिकी चल्दै थियो। खरको छानो छाउन नसक्ने पार्वतीलाई घर बनाउन असम्भव थियो। भुइँमा ओछ्यान हालेर सबै एकसाथ सुत्थे। भुइँचालो गएकै सालको पुसमा ठन्डी बढ्दै गयो। केशवलाई व्यथाले च्याप्यो। त्यही पुसको ११ गते पार्वतीले श्रीमान गुमाइन। छोराछोरी टुहुरा भए। उनको जीवनमा ठूलै बज्रपात आइलाग्यो। सपनामा तुषरापात भूकम्पलगत्तै सरकारले पीडितलाई घर बनाउन अनुदान दिने घोषणा गर्यो। भत्केका घर नाप्न र जाँचबुझ गर्न गाउँमा प्राविधिक आए । पार्वतीको घर पनि नापेर फोटो खिचेर लगे उनीहरूले । पहिलो चरणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको सूची प्रकाशित ग(यो। उनले तत्कालीन गाविस कार्यालय पुगेर सूची हेरिन् । ससुरा, जेठाजुसहित सबै छिमेकीको नाम आयो । उनको नाम आएन् । गाउँकै जानेबुझेकासँग सोधीखोजी गर्न लगाइन् उनले। सुझाएअनुसार गुनासो फारम भरिन् । फेरि अर्कोपटक प्राविधिक गाउँ आए । भत्केको घर हेरे । गाउँमा प्रायःले धराप घर भत्काएर पन्छाउन सुरु गरिसकेका थिए । पार्वतीलाई गारो चर्किएको झुपडीमा बसेको भनेर ती प्राविधिकले किन यस्तो घरमा बसेको भनेर गालीसमेत गरे । उनले आफ्नो वेदना पनि पोखेकी थिइन् । प्राविधिक फर्किए। अब त नाम आउला कि भनेर ढुक्क भइन् उनी । प्राधिकरणले गाउँमा सूची पठायो । उनको नाम थिएन् । गाउँमा घरै नभएका राजधानी बस्ने छिमेकीको नाम भने सूचीमा थियो। केही दिनपछि वडा कार्यालयमा अर्को सूची आयो । पार्वतीको नाम मर्मत गरेर बस्न मिल्ने सूचीमा आएछ । गाउँका अगुवालाई बुझ्न लगाउँदा प्राविधिकले पार्वतीको घर भत्के पनि उनी सोही घरमा बस्दै आएको भनेर प्रतिवेदन दिएका कारण प्राधिकरणले उनको घर मर्मत गरेर बस्न मिल्ने भनेर प्रबलीकरणमा राखेर पठाइदिएको रहेछ। तीन लाख रुपैयाँ अनुदान पाइएला र घर बनाउँला भनेर कुरेर बसेकी पार्वतीको त्यो सपनामा पनि तुषरापात लाग्यो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending