Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

नेकपा प्रवक्ता विश्वकर्मा अदालतबाटै पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा अदालतबाटै पुन: पक्राउ परेका छन् । सर्वोच्च अदालतले शुक्रबार आदेश दिएपछि रिहा भएका विश्वकर्मालाई अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - \'अदालतले छोडेपछि हामीले पक्राउ गरेका हौं\' काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी मोहनकुमार थापाले भने। विश्वकर्मालाई काभ्रेमा रहेको एनसेल टावरमा आगजनी र तोडफोड गरेको आरोपमा पुन: पक्राउ गरिएको हो। विश्वकर्मामाथि लागेको आरोपको काभ्रे प्रहरीले अनुसन्धान गरिएरहेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय पठाउने तयारी भइरहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता थापाले बताए। यसअघि शुक्रबाउ दिउँसो सर्वोच्च अदालतले नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत २ जना कार्यकर्तालाई रिहा गर्न सरकारलाई आदेश दिएको थियो। उनीहरु पक्राउ गर्नुअघि परेको उजुरीको प्रमाण देखाउन नसकेको भन्दै सर्वोच्चले उनीहरुलाई रिहा आदेश दिएको हो। प्रहरीले उनीहरुमाथि जबर्जस्ती चन्दा असुलेको भन्दै पक्राउ गरेको थियो। ‘पक्राउ गर्नुअघि उनीहरुका विरुद्ध चन्दा ऐन अनुसारको कसुरजन्य काम गरेको भन्ने देखिने कुनै उजुरी, जाहेरी वा तथ्ययुक्त प्रमाण लिखित जवाफसाथ पेस गर्न सकेको देखिँदैन’ सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थुनामा राख्ने गरी भएका सबै कामकारबाहीहरु कानुनअनुरुप भएको नदेखिँदा थुनामा राख्ने आदेशसमेत गैरकानुनी रहेको देखिँदा बन्दीप्रत्यक्षीकरण आदेश जारी हुने ठहर्छ।’ सर्वोच्च अदालतले उनीहरुलाई थुनामा राख्दा पालना गर्नुपर्ने कार्यविधि पालना नगरिएको, थुनामा राख्दाको आधार र कारण खोली आदेश नगरेको ठहर गरेको छ। न्यायाधीशहरु चोलेन्द्रशम्सेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले विश्वकर्मासहित माओवादी नेताहरु हरिचन्द्र आचार्य, मनबहादुर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। मनबहादुर खड्गबहादुरका सवारीचालक हुन्। प्रहरीले आफ्ना बाबुलाई पक्राउ गरेपछि औषधिसमेत सेवन गर्न नदिएको, हत्कडी लगाएर निकृष्ट व्यवहार गरिएको र आँखामा पट्टी बाँधी शारीरिक तथा मानसिक यातना दिएको दाबी गर्दै विश्वकर्माका छोरा नरेन्द्रबहादुरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। राजनीतिक पूर्वाग्रहको आधारमा गृहमन्त्रीको आदेशमा आफ्ना बाबुलाई पक्राउ गरिएको निवेदकको दाबी थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending