Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रचण्ड भन्छन्,- ‘सरकार सम्वृद्धिको यात्रामा बढिरहेको छ

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाउन सरकारअघि बढेको दावी गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित बरमझियामा आयोजित सहिद रामवृक्ष यादवको २४ औं स्मृति सभालाई सम्बोधन गर्दै पूर्व प्रधामन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले समृद्ध नेपालको बारेमा बोलेका हुन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई चुनाव जित्नु र हार्नुभन्दा देश र जनतालाई सम्वृद्ध बनाउने लक्ष्यका साथअघि बढिरहेका छौ, अगामी पाँच वर्षभित्र जनताले चाहेको सम्वृद्धि मुलुकमा आउँछ ।’ प्रदेश २ उत्कृष्ट र सम्वृद्ध प्रदेश नभएसम्म मुलुक सम्वृद्ध नहुने जिकिर गर्दै अध्यक्ष प्रचण्डले सडक, खाने पानी, स्वास्थ्य, शिक्षा लगायत विषयलार्इ समेटेर सरकारले विशेष प्याकेज ल्याइएको बताए । सम्बोधनमा बोल्दै उनले भने, ‘हुलाकी राजमार्गको स्तरोन्नतिको योजना आफू प्रधानमन्त्री हुँदा अघि बढेकाले कुनै पनि बाहानामा काम नरोकिदैन ।’ आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमति अनुरुप संघीय समाजवादी फोरम सरकारको आएको छ, प्रचण्डले भने,‘यही सहमतिलाई टेकेर राजपा पनि सरकारमा सहभागी भई देशलाई सम्वृद्ध बनाउने अभियानमा सहभागी गराउछौँ ।’ सरकारमा सहभागिताका बारे राजपाका नेतासँग छलफल भइरहेको अध्यक्ष प्रचण्डले बताए । धेरै अप्ठ्यारा र जटिलताका बीचबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदैछ भन्दै संविधानमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात गरी स्थिर सरकार गठन गरी आर्थिक विकास र सम्वृद्धितर्फ मुलुकलाई लैजानुको विकल्प नभएको बताए । कमेन्ट गर्नुहोस्

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending