Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बिम्स्टेक शिखर सम्मेलनको तयारी अन्तिम चरणमा, यस्तो छ कार्यक्रम तालिका

काठमाडौँ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको तयारी प्रायः पूरा भएको छ । शिखर सम्मेलनसम्बन्धी बाँकी काम द्रुत गतिमा भइरहेका छन् भने घोषणापत्र लेखन तथा सम्मेलनका अन्तर्वस्तुलाई पनि टुङ्गोमा पु¥याउन युद्धस्तरमा काम भइरहेको छ । आगामी मङ्गलबार सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिला/विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक, बुधबार परराष्ट्र/बाह्य मामिला/विदेशमन्त्रीस्तरीय बैठक तथा बिहीबार र शुक्रबार राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलन हुनेछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेक शिखर सम्मेलन तयारीबारे आज परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भने, “भुटानबाट प्रधानन्यायाधीश, भारत, बङ्गलादेश र थाइल्याण्डबाट प्रधानमन्त्री, म्यान्मा र श्रीलङ्को नेतृत्व राष्ट्रपतिबाट हुने पक्का भएको छ ।” निर्वाचनका कारण भुटान सरकारका अन्तरिम सल्लाहकारसमेत रहेका प्रधानन्यायाधीशले सम्मेलनमा भाग लिने जानकारी दिँदै उनले श्रीलङ्का र म्यान्माका राष्ट्रपतिबाट सम्मेलनकै सिलसिलामा नेपालको द्विपक्षीय भ्रमण हुन लागेको बताए । म्यान्माका राष्ट्रपति भदौ १२ गते, श्रीलङ्काका राष्ट्रपति भदौ १३ गते राजधानी आइपुग्ने र दुवै देशका विशिष्टि पाहुनाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने, “बङ्गलादेश, थाइल्याण्ड र भारतका प्रधानमन्त्री भदौ १४ गते काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।” राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ १४ गते बिम्स्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै सोही दिन उनले दिवाभोजको आयोजना गर्नेछिन् तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन साँझ विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज आयोजना गर्ने परराष्ट्रमन्त्रीले बताए । प्रधानमन्त्रीले शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् जसमा पारस्परिक सहायताका क्षेत्रमा बिम्स्टेकले हालसम्म गरेका प्रगतिको समीक्षा हुुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ । ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ नै बिम्स्टेक शिखर सम्मेलन केन्द्रित हुने बताउँदै मन्त्री ज्ञवालीले सबै सदस्य राष्ट्रलाई सतह, जल र हवाईमार्गबाट जोड्ने मात्र नभई विद्युत् प्रसारण ग्रिड, अप्टिकल फाइबरबाट जोड् विषयलाई पनि नेपालले उच्च महत्व दिएको जानकारी दिए । सदस्य देशको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापना, दुई दशक पार गरेको सङ्गठनको बडापत्र निर्माण, समग्र बिम्स्टेक क्षेत्रलाई शान्ति, समृिद्ध र दिगोपनातर्फ उन्मुख गराउने तथा गरिबी हटाउने विषय नै सम्मेलनका प्रमुख कार्यसूची हुने मन्त्री ज्ञवालीले बताए । उनले भने, “बिम्स्टेकको अध्यक्ष तथा चौथो शिखर सम्मेलन आयोजक देश नेपालले काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिने एवं सङ्गठनलाई प्रभावकारी एवं परिणामुखी तुल्याउन तथा सहयोगको दायरा बढाउने विषयलाई पनि उत्तिकै प्राथमिकताका साथ उठाउनेछ ।” बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतङ्कवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १६ क्षेत्र अब अझ कम हुने र ती जनताको गरिबी घटाउनेमा अधिक केन्द्रित हुने जानकारी मन्त्री ज्ञवालीले दिए । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरूपमा हासिल गर्ने उद्देश्यले २२ वर्षअघि बिम्स्टेक स्थापना भएको हो । दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकको यस उपक्षेत्रीय सङ्गठनमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, म्यान्मा, श्रीलङ्का र थाइल्याण्ड सदस्य छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending