Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

लामो मौनता अनि चलखेलः निसाना लगाउँदै प्रचण्ड !

काठमाडाैं । आफ्नै पार्टीका अर्का अध्यक्ष केपी ओलीको प्रतिरक्षा नगरी मौन बस्ने गरेका प्रचण्ड अब भुराजनीतिक निसाना लगाउँदै । अाजकाे राष्ट्रिय साप्ताहिकमा याे खबर छ - एउटै हेलिकप्टरमा जनकपुर पुगेका थिए, प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ भदौमा । त्यस दिन प्रधानमन्त्री ओलीको प्रदेश २ संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो । खासगरी धनुषाको बर्मझियामा २४ बर्षअघि हत्या गरिएका माओवादी नेता रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न गएका थिए प्रचण्ड । त्यहा ओलीले प्रचण्डको प्रशंसामा केही शब्द पनि खर्चिए । उनले भने प्रचण्डजी परिआए युद्ध गर्न पछि नपर्ने, फेरि आवश्यकता अनुसार शान्तिमा पनि आउन सक्ने बहादुर नेता हो । प्रचण्डलाई पुलकित बनाउने शब्दको फुलवर्षा गरेको एक साताभित्रै ओली किन तिक्तता साँँध्ने तहसम्म पुगे ? सत्ताराजनीतिको वरपर हिजोआज यहि जिज्ञासा सुरु भएको छ । किनभने ११ भदौमा बालुवाटारमा पुगेका सम्पादकहरुसँग ओलीले भनेका थिए, माओवादीले हिजो यो राजतन्त्रविरुद्ध हामी होईन क्यारे, भन्दै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेकै थियो । सेनाविरुद्ध हमी छँदैछैनौँ भनेर विभिन्न जर्नेलहरुसँग साँठगाँठ थियो । ती माओवादी खुल्ला हुनेवित्तिकै मनोनित साँसद हुन पुगेका पनि थिए । जर्नेल हुँदाखेरी ती मोन्छे नेपाली सेनाको जागिर खाएर माओवादी नेतालाई बोकेर कुद्थे गाडीमा । त्यसकारण लिँकेज कसको, कहाँ भनेर भन्न गाह्रो छ । अहिले पनि म व्यक्त गर्दिनँ यो । तपाईहरु जान्नुहुन्छ, मेरो त्यत्रो धेरै एक्सेस छैन । त्यसको ९ दिनपछि अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन हुन सक्छ । पुनर्गठन गर्दा यो वा त्यो समुह हेरिन्न, भनेका भए पनि बुझ्न कठिन छैन । उनको असन्तुष्टि प्रधानमन्त्री ओलीमाथि नै हो । मन्त्रीलाई कस्तो निर्देशन दिने, कसरी काम लगाउने सबै जिम्मेवारी प्रधानमन्त्रीकै हो । प्रचण्डले प्रस्टै बुझिने भाषामा भनिरहेका छन्, जोसुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतलाई निराशा पार्ने खालका गतिविधि देखिए भने - अब हामीले कुनै न कुनै स्टेप चाल्नैपर्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy