Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

विपन्नलाई राहत वितरण

राजविराज । विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका अतिविपन्न तथा अपाङ्गता भएका दिलीपकुमार मण्डललाई सो राहत प्रदान गरिएको हो । सगरमाथा अपाङ्ग कल्याण सङ्घ सप्तरी, समावेशी अपाङ्गता सङ्घ सप्तरी र गाउँपालिकाको सिफारिशमा मण्डललाई राहतस्वरुप शनिबार त्रिपाल, धोती, साडी, झुल, तन्ना, भाडाकुँडालगायतका सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष इ। सूर्यनारायण यादवले बताए । मण्डल वर्षाको पानीले घर भत्केर विचल्लीमा परेका थिए । सो राहत प्रदान गर्ने क्रममा गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, सगरमाथा अपाङ्ग कल्याण सङ्घका अध्यक्ष बलदेव मण्डल, कोषाध्यक्ष रामचन्द्र यादव, सदस्य वीरेन्द्र चौधरी, समाबेँसी अपाङ्गता सङ्घका अध्यक्ष सतिष झा र स्थानीयको सहभागिता रहेको थियो । यस्तै, राष्ट्रिय शिक्षा दिवसको अवसरमा राजविराज नगरपालिका–१ चनौरा पडरिया मदर्सा आसिनियाँ दारुल उलुमद्वारा आयोजित कार्यक्रममा मुस्लिम अगुवा तथा समाजसेवीलाई सम्मान गरिएको छ । मदर्साका अध्यक्ष हाजी आसिन मियाँले २ नम्बर प्रदेशका प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव तथा मुस्लिम अगुवा युसुफ अलीसहित कानून व्यवसायी शिवकुमार चौधरी, मो। समिम अली, समाजसेवी मो अलाउदी, मो सरफुदिन, मो ताहिर, मो इलयास, मदर्सा समन्वय समितिका मो शाहजहाँलगायतलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । उक्त अवसरमा मदर्सामा अध्ययनरत कक्षा १ देखि ४ सम्मका प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गरेका छात्रछात्रालाई शैक्षिक सामग्रीसमेत वितरण गरियो । २०६३ सालमा स्थापित उक्त मदर्सामा हाल १०० छात्रछात्रा अध्ययनरत रहेका छन् । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending