Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

कांग्रेस मेयरले भने- धनगढी राजधानी नबनाए सांसदलाई जलाएर मार्छौं

कैलाली । जिल्लाको धनगढी उपमहानगरपालिक प्रमुख नृपबहादुर वडले प्रदेश राजधानी धनगढी कायम नबनाए प्रदेश सदस्यलाई आगो लगाएर जलाउने अभिव्यक्ति दिएका छन् । उनले धनगढीबाट राजधानी अन्यत्र सार्ने निर्णय भएको २४ घण्टाभित्र सांसदलाई चेतावनी दिएको हुन् । नयाँ पत्रिकामा खबर छ- राजधानी धनगढी नभएको विरोधमा कांग्रेस कार्यकर्ताले प्रदेश सभा अगाडि गरेको प्रदर्शनका क्रममा उनले भने, ‘राजधानी अन्यत्र सारेको २४ घण्टाभित्र यिनीहरु धनगढी छोड्नुपर्छ । यिनीहरुलाई धनगढी बस्ने नैतिकता छैन । हैन भने यिनीहरु जहाँ बसेका छन् त्यहाँ तोडफोड हुने मात्र होइन, जलाएर हिड्न सक्ने परिस्थिती बन्छ ।’ प्रदेश सभा र सांसदहरु वन माफिया र तस्करबाट बिक्री भएका आरोप मेयर वडले लगाएका छन् । उनले प्रदेश राजधानी सार्नेविरुद्ध आन्दोलन जारी रहने बताए । ‘आन्दोलन जारी राख्ने मात्र होइन, जलाएर मारिन्छ । यिनीहरुले १७ हजार मान्छे मारे भने हामी यिनीलाई मारिदिने परिस्थिति बन्छ ।’ कांग्रेस धनगढीका नगर सभापतिसमेत रहेका मेयर वडले भने, ‘दुई तिहाइको दम्भमा पूर्वाग्रही निर्णय हुँदैछ ।’ प्रदेशको नामाङ्कन र स्थायी राजधानी निर्धारण गर्न संसदद्वारा गठित विशेष सुझाव समितिले राजधानीका लागि धनगढी सिफारिस नगरेको भन्दै कांग्रेसका कार्यकर्ताहरुले प्रदेश सभा भवनअगाडि प्रदर्शन गरेका थिए । संसदभित्र प्रदेश नाम र राजधानीका विषयमा छलफल भइरहदा संसद् भवनको मुल गेटमा टायर बालेर प्रदर्शन गरेका कांग्रेस नेता, कार्यकर्ताहरुले प्रदेश सरकार, संसदीय समिति र प्रदेश सभा विरुद्ध नाराबाजी गरे । जंगल मासेर राजधानी बनाउन उपयुक्त नभएकाले धनगढीलाई नै राजधानी बनाइनु पर्ने आन्दोलनको अगुवाइ गरिरहेका हरि रेग्मीले बताए । राजधानी धनगढी कायम नगरिए आन्दोलनलाई चर्काइने चेतावनी आन्दोलनकारीले दिएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending