Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

सिँचाइ सम्बन्धी विधेयक पारित

विराटनगर। सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए । यसअघि प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०७९८० बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिले प्रस्तुत गरेको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को प्रतिवेदनमाथि भएको छलफलमा प्रदेशसभा सदस्य उमिता विक, राजकुमार ओझा र मोहम्मदताहिर मियाँले विधेयक सर्वोत्कृष्ट रहेकामा पूर्ण समर्थन जनाएका थिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले ऐनलाई उत्कृष्ट बनाउन सात प्रदेशसभाका सदस्यले दर्ता गराएको संशोधन प्रस्तावपछि बनेको विधेयक निकै फलदायी छ भने । यसअघि शून्य समयमा प्रदेशसभा सदस्य ज्योति सुब्बाले निजी अस्पतालमा चिकित्सकका कारण मृत्यु हुने बिरामीका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे । प्रदेशसभा सदस्य सूर्यराज राईले प्रदेश नं १ को स्थायी राजधानी र नाम छिट्टै कायम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य राधा थापाले विराटनगर महानगरपालिकामा ढल, नाला र खानेपानीको उचित प्रबन्ध मिलाउन प्रदेश सरकारको ध्यान जानुपर्ने बताए । सदस्य केदार कार्कीले प्रतिपक्षको पूर्ण सहयोग र समर्थन हुँदा पनि प्रदेश सरकारले सदनलाई छलेर काम गरिरहेको आरोप लगाए ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending