Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

माधव नेपालको असन्तुष्टिबारे प्रचण्ड के भन्छन् ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको ‘प्रेसर’का कारण केन्द्रीय सचिवालयबाट प्रदेश कमिटीको नेतृत्वबारे निर्णय भएको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र उनीनिकट नेताहरूले सचिवालयको पछिल्लो निर्णयको वैधानिकतामाथि सार्वजनिक रूपमै असन्तुष्टि जनाएपछि प्रचण्डले निर्णय गरिनुका कारण र पृष्ठभूमिबारे बुधबार मुख खोलेका हुन् । आजको नयाँ पत्रिका दैनिमा खबर छ- ललितपुर खुमलटारस्थित आफ्नै निवासमा आयोजित प्रदेश २ का इन्चार्ज, सहइन्चार्ज र पदाधिकारीको बैठकमा प्रचण्डले वरिष्ठ नेता नेपालसँगको कुराकानी उद्धृत गर्दै आफूले उनको संसद्को प्रस्तुतिका सन्दर्भमा असन्तुष्टि जनाएकोसमेत खुलासा गरे । सिंगापुरमा पत्नी सीताको उपचार गराएर सोमबार राति स्वदेश फर्किएका प्रचण्ड पार्टीभित्रको पछिल्लो विवादबारे मौन बसेका थिए । तर, पार्टीकै आन्तरिक बैठकमा भने प्रचण्डले नेपालले उठाएजस्तो निर्णय विधिसम्मत हो वा होइन भन्दा पनि प्रदेश नेतृत्व तत्काल टुंग्याउनुका कारण र पृष्ठभूमि स्पष्ट पारेका छन् । आफू र अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ विदेशमा भएका वेला पूर्वसमझदारीविपरीत निर्णय भएकोमा असन्तुष्टि राख्दै वरिष्ठ नेता नेपालले महासचिव विष्णु पौडेललाई लिखित असहमति बुझाएका थिए । उनले स्थायी समिति सदस्यहरूको चियापन बैठकसमेत आयोजना गरेर आफ्ना धारणा प्रस्ट्याएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending