Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

भक्तपुरमा वडा पिच्छे मूल सडक बन्दै

काठमाडौँ । शहरी विकासको क्रममा बढ्दो जनसङ्ख्यालाई ध्यानमा राखी भक्तपुर जिल्लाभित्र रहेका सबै नगरपालिकाका प्रत्येक वडामा मूल सडकले जोड्ने योजना अघि सारिएको छ । शहरी विकास मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरणमा भएको ‘विगतमा भएका सडकका स्तरोन्नति’ विषयको छलफल कार्यक्रममा सडक विस्तारलाई दु्रत गतिमा अघि बढाउने सहमति भएको छ । तीन वटै तहको सरकारले विकासको गतिलाई तीव्रता दिने क्रममा भक्तपुरमा भौतिक संरचनाको विकासलाई उच्च प्राथमिकता दिँदै एक वडा एक मूल सडकको अभियानकै रुपमा सञ्चालन गरिने भएको छ । यसै क्रममा अरनिको राजमार्ग आदर्शबाट घ्याम्पेडाँडासम्मको १५ मिटर चौडाइको पाँच किलोमिटर, पात्लेटारबाट अनन्तलिङ्गसम्मको १५ मिटरको चार किलोमिटर, सूर्यविनायक चोक गणेश मन्दिरबाट कृष्ण मन्दिर–प्राणी उद्यानको किनार हुँदै नारायण सडक १५ मिटरको पाँच किलोमिटर, सरस्वतीखेल बसपार्कदेखि मूलपानी जाने १७ मिटरको ४।५ किलोमिटरका साथमा १८ ठूला सडकलाई स्तरोन्नति गर्न प्राधिकरण र स्थानीय जनप्रतिनिधिबीच सहमति भएको छ । छलफलमा प्राधिकरणले एक मात्र शर्त निर्माणाधीन सडक विवादमुक्त बनाउनुपर्ने बताएको छ । त्यस्तै उक्त जिल्लाका लागि प्राधिकरणले १० ठूला सडकको स्तरोन्नति गर्ने भएको छ । यसैगरी काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, शहरी तथा भवन निर्माण विभाग तथा स्थानीय सरकार मिली अन्य आठ सडकको स्तरोन्नति गरिने भएको छ । उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा भाइकाजी तिवारीले जनमुखी विकासका योजना जनप्रतिनिधिले ल्याएमा प्राधिकरण काम अघि बढाउन तयार रहेको बताउनुभयो । उहाँले कुनै पनि योजना सम्बन्धित निकायले प्रक्रिया पूरा गरी आएमा रोकछेक हुँदैन नहुने भन्दै सडक विस्तारलाई अघि बढाउने क्रममा अधिकांश सडकको विस्तृतच परियोजना प्रतिवेदन सम्पन्न भइसकेको जानकारी दिए । उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीले सडक विस्तार गर्न सीमा विवादको अन्त्य गर्नुपर्ने बताउँदै विवाद अन्त्य नभएमा ठेक्का प्रक्रिया अघि बढाउन नसकिने स्पष्ट गरे । शहरी तथा भवन निर्माण विभागका प्रमुख मणिराम गेलाले विकास निर्माणमा आएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले विकासको विरोधका नाममा विकास विरोधी गतिविधि गर्न नहुने बताउँदै तत्कालै रु एक करोड बराबरका साना साना पाँच आयोजना ल्याउन जनप्रतिनिधिलाई आग्रह गरे । कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर केन्द्रीय राजधानीसँगै जोडिएको जिल्ला भए पनि विकासका गतिले बत्तीमुनिको अँध्यारोजस्तै भएकाले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, विद्युत्, खेलमैदान, प्राणी उद्यान, सभागृह, स्मार्ट सिटीजस्ता राष्ट्रिय गौरवका आयोजना प्रक्रियागत रुपमा सरकारले थालनी गरिसकेको जानकारी दिए । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सडक विस्तार तथा अन्य विकास निर्माणका क्रममा आउने सीमा विवाद स्थानीय सरकारले नै समाधान गर्ने बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending