Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

कृषि बिना देशको विकास सम्भव छैनः कृषिमन्त्री खनाल

सिन्धुली । कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि विना देशको विकास सम्भवन नहुेने बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ४ तीनकन्यामा भएको जुनार सुपरजोनको अनुदान कार्यक्रम तथा निर्मित सिँचाइ योजना उद्घाटन गर्दै मन्त्री खनालले सरकारले राम्रा कार्यक्रम बनाउन नसके देशको विकास सम्भव नहुने बताए । उनले जुनारको संरक्षण र प्रवद्र्धन गरी त्यसको विस्तारमा जोड दिनु पर्ने बताए । जुनारमा रोग तथा किरा लाग्ने संकमण देखिएको प्रति आफु चिन्तित र सशंकित भएको भन्दै उनले किरा नियन्त्रणका लागि सरकराले सक्दो पहल गर्ने बताए । आधुनिक र प्राविधिक रुपले कृषि विकास गर्नुपर्ने भन्दै मन्त्री खनालले सरकारले कृषिलाई सम्मानित र मर्यादित पेशाको रुपमा कार्यक्रम बनाउनु पर्नेमा जोड दिए । जुनारको व्यवसायिक उत्पादन र विस्तार गर्दै अन्य कृषि उपजको उत्पादनमा पनि जोड दिन उनले किसानलाई आग्रह गरे । ‘जुनारसँगै किबी र कागती लगाऔं’ खनालले भने, ‘समग्र सिन्धुलीलाई कृषिको एउटा नमुना जिल्ला बनाऔं । त्यस्का लागि सरकारले बजेटमा कुनै कमी हुन दिने छैन ।’ जुनारकिसानले उठाएका समस्या समाधान गर्न आफु लागि परेको भन्दै मन्त्री खनालले फर्केर काठमाडौँ गएपछि प्रधानमन्त्रीसँग सुपरजोनका लागि आवश्यक पर्ने बजेट थप गर्न आग्रह गर्ने उनले आश्वासन दिए । कार्यक्रममा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले सुपरजोनका लागि आएकोे बजेट अभाव नभएकाले त्यस्को सदुपयोग हुन्छ कि हुदैन भन्ने कुरा महत्वपूर्ण हुने बताए । विनियोजन भएको बजेटको सदुपयोग नभए कुनै पनि परियोजनाको लक्ष्य पुरा नहुने उनको भनाई थियो । किरा नियन्त्रण नभएसम्म जुनार परियोजनाले यहाँका किसानले लिने लाभ लिन नसक्ने गजुरेलको भनाई छ । जुनार सुपरजोन परियोजनाका उपसंयोजक लोकबहादुर आलेले किसानको दुख बुझ्ने सरकार आएकाले आम किसानको अपेक्षा बढेको बताए । सुपरजोन परियोजनाका प्रमुख ललनकुमार सिंहले परियोजनाको आयव्यय प्रस्तुत गरेका थिए । उनका अनुसार ४ हजार हेक्टर क्षेत्रफलमा सिन्धुलीको तीनकन्यामा १ हजार ६ सय किसानले जुनार खेती गरिरहेका छन् । किसानले जुनार खेतीबाट प्रतिरोपनि १५ देखि २५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्दै आएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending