Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

उपराष्ट्रपति पुनद्वारा म्यानमारको शान्ति प्रक्रिया सफलताको शुभकामना

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले म्यानमारको शान्ति प्रक्रिया सफलताको शुभकामना दिएका छन् । उनले म्यानमारमा जारी युद्ध विराम स्थायी शान्तिमा परिणत हुने अपेक्षा सहित शान्ति प्रक्रियामा आवश्यक परे नेपालले सहयोग गर्न सक्ने समेत बताएको हो । नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्न आएको म्यानमारको ‘ज्वाईन्ट मनिटरिङ कमिटि यूनियन लेभल अन सिजफाईर’को टोलीसँग शुक्रबार अपरान्ह भएको भेटमा उपराष्ट्रपतिले भने, ‘म्यानमारको शान्ति प्रक्रियामा प्रगति भईरहेको सुन्दा खुशी लाग्यो । त्यहाँको शान्ति प्रक्रियामा सघाउन परे हामी तयार छौँ ।’ म्यानमारमा युद्ध विरामपछि त्यसको मनिटरिङ गर्न बनेको सेना, विद्रोही सेना र नागरिक समाज सम्मेलित टोली नेपालको शान्तिप्रक्रियाको अध्ययनका लागि आएको छ । उपराष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना भएको बताए । नेपालको द्वन्द्व राजनीतिक एजेण्डामा भएकोले शान्ति प्रक्रियालाई सफल पार्न सहज भएको उनको भनाई छ । ‘हामी दाबाका साथ भन्न सक्छौँ की नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो । नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकताको रह्यो’, उनले भने, ‘नेपालको शान्ति प्रक्रियाबाट म्यानमारले सिक्न सक्छ । तर, मेरो सुझाव छ, म्यानमारले आफ्नो मौलिकतामा शान्ति प्रक्रिया पुरा गरोस् ।’ उराष्ट्रपतिले शान्ति प्रक्रिया सफल पार्न द्वन्द्वरत दुवै पक्ष गम्भीर हुनुपर्ने बताए । ‘शान्ति प्रक्रिया सफल पार्न दुवै पक्ष गम्भीर हुनुपर्दछ, त्यसमा पनि राज्य पक्ष बढी जिम्मेवार हुनुपर्दछ’, उनले भने, ‘म्यानमारको शान्ति प्रक्रियाका लागि स्वभावैले त्यहाँको सरकार र सेना बढी जिम्मेवार हुनुपर्दछ भन्ने मलाई लाग्छ ।’ उनले नेपाल संविधान निर्माण, शान्ति प्रक्रिया सम्पन्न गरेर दिगो शान्ति र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिसकेको बताए । उपराष्ट्रपतिसँगको भेटमा म्यानमारको ‘ज्वाईन्ट मनिटरिङ कमिटि यूनियन लेभल अन सिजफाईर’का प्रमुख लेफ्टिीनेन्ट जर्नेल यर प्याईले म्यानमारमा युद्ध विराम रहेको र स्थायी शान्तितर्फ अग्रसर रहेको बताए । उनले म्यानमारमा रहेका विभिन्न २१ वटा सशस्त्र समूह मध्ये १० वटा वार्तामै आएको ११ वटा वार्तामा नआए पनि युद्ध विराममा रहेको र सरकार, वार्तामा रहेको सशस्त्र समूह र नरहेको समूह गरी त्रीपक्षीय वार्ता भईरहेको बताए। ‘हामी शान्तिप्रक्रियामा छौँ । अक्टुबर १५ मा युद्ध विरामको तेस्रो वर्षगाँठ बनाउँदैछौँ । सरकार र द्वन्द्वरत समूहबीच ५७ बुँदामा सहमति भईसकेको छ । केहीं बुँदामा सहमतिको प्रयास जारी छ,’ म्यानमारका लेफ्टिीनेन्ट जर्नेल प्याईले भने, ‘झण्डै ७० वर्षदेखिको द्वन्द्व समाधान तर्फ छौँ ।’उनले नेपालको नमुनायोग्य शान्ति प्रक्रियाबाट म्यानमारले धेरै सिक्न चाहेको बताए । ‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि नमूना योग्य हो, त्यहीं भएर यहाँको शान्तिप्रक्रिया बारे अध्ययन गर्न आएका हौँ,’ उनले भने । म्यानमारको टोली नेपालको शान्ति प्रक्रिया बारे उपराष्ट्रपतिको अनुभव सुन्न शुक्रबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय पुगेको थियो । उपराष्ट्रपति तत्कालीन विद्रोही सेना जनमुक्ति सेनाको कमाण्डर थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending