Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

स्थापनाकालदेखि नै कामविहीन नापी कार्यालय

बर्दिवास। अधिकृतको नेतृत्वमा १५ कर्मचारीको दरबन्दी रहेको महोत्तरी जिल्लाको बर्दिवासस्थित नापी कार्यालय स्थापनाकालदेखि नै कामविहीन छ । जिल्लाको उत्तरी क्षेत्रका तत्कालीन नौ गाविस (हाल बर्दिवास नगरपालिकाको सबै क्षेत्र र भङ्गाहा नगरपालिकाको पुरानो भङ्गाहा गाविस क्षेत्र) लाई सेवा दिने उद्देश्यले २०७२ जेठ १७ गते स्थापना भएको उक्त कार्यालय अभिलेख, श्रेस्ता र कार्यालय प्रयोजनका कागजात नपाउँदा स्थापनाकालदेखि नै कामविहीन भएको हो । “हाम्रो कार्यालयमा नापी अधिकृतको नेतृत्वमा प्राविधिक र प्रशासनिक कार्य सञ्चालनका लागि १५ जनाको दरबन्दी छ” कार्यालय प्रमुख (नापी अधिकृत) सरोजबहादुर श्रेष्ठले उक्त कार्यालयमै पुगेका सञ्चारकर्मीसँग भने, “जलेश्वर कार्यालयबाट यहाँको सेवा क्षेत्र तोकिएका ठाउँको कुनै अभिलेख नआउँदा हाजिरी रजिष्ट्ररमा सही गरेर दिन गुजार्नु मात्र परेको छ ।” तीन वर्षअघिदेखि कार्यालयको भाडामात्र वर्षेनी करीब रू चार लाख र कर्मचारीलाई दिइने तलबसमेत लाखौँ रकम राष्ट्रिय ढुकुटीबाट गइरहेको चिन्ता पनि नापी अधिकृत श्रेष्ठले व्यक्त गरे । बर्दिवास, गौरीवास, खयरमारा, माईस्थान, हात्तीलेट, विजलपुरा, किसाननगर, पशुपतिनगर ९अहिलेको बर्दिवास नगरपालिका क्षेत्र० र भङ्गाहा ९अहिलेको भङ्गाहा नगरपालिकाको वडा नम्बर ३, ४ र ५० समेत नौ गाविस क्षेत्रलाई सेवा दिने उद्देश्यसाथ स्थापना भएको उक्त कार्यालय स्थापनाकालदेखि नै सुनसान छ । “अहिलेसमम्म कुनै पनि कागजात नआउँदा सेवा क्षेत्र तोकिएका ठाउँका जनताले सानातिना कामका लागि पनि ४२ किलोमिटर टाढाको जलेश्वर जान परेको छ” बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले भने, “यता कर्मचारीको ठूलो जनशक्ति बेकार बसेसँगै कार्यालय सञ्चालनमा वर्षेनी राष्ट्रकोे लाखौँ रकम पानीमा गइरहेको छ ।” आफूहरुले नक्सा, अभिलेख र कागजात पठाइ दिन कैयौँ पटक आग्रह गरे पनि भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, विभाग, स्थानीय प्रशासन ९जिल्ला प्रशासन कार्यालय० ले बेवास्ता गरेको उहाँको गुनासो थियो। “जलेश्वर कार्यालयलाई कैयौँ पटक लिखित आग्रह गरिसकेका छौँ” कार्यालय प्रमुख श्रेष्ठले भने, “यसबाहेक नापी विभागमा महानिर्देशकलाई पनि धेरै पटक समन्वयका लागि आग्रह गरियो, गत वैशाख ६ गते र यही असोज ७ गते फेरि लिखित आग्रह ग¥यौँ तर हाम्रो कुरा सुन्ने कोही भएनन् ।” स्थानीयस्तरमा कसैबाट पनि ठोस पहल नभएको प्रमुख जिल्ला अधिकारीसँग त कति कुरा राखियो तर उपलब्धि भने हातलाग्यो सुन्ना भएको कार्यालय प्रमुख श्रेष्ठको गुनासो थियो । जिल्लाका सुदूर उत्तरी क्षेत्रका तत्कालीन नौ गाविस क्षेत्रका जनतालाई सहज सेवा प्रदान गर्ने उद्देश्यले तत्कालिन मन्त्रिपरिषद्को निर्णयअनुसार नापी विभागले परिपत्र गरेअनुसार २०७२ साल जेठ १७ गते बर्दिवासमा उक्त कार्यालय स्थापना भएको थियो तर जलेश्वरस्थित कार्यालयले अभिलेख नदिने र अन्य प्रशासनिक कार्यालयले वास्ता नगरिदिनाले आफूहरु आफ्नै ठाउँबाट सेवा लिने अवसरबाट वञ्चित भएको बर्दिवास र भङ्गाहा नगरपालिका बासिन्दाको गुनासो थियो । बर्दिवास नापी कार्यालयसँग सम्बन्धित सबै कागजात उपलब्ध गराउन स्थानीय प्रशासन, नापी विभाग र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले तत्काल पहल गर्नुपर्नेमा भङ्गाहाका नगरप्रमुख सञ्जिवकुमार साहले जोड दिए । कार्यालयका कर्मचारी, सेवाग्राही सर्वसाधारण र जनप्रतिनिधिले लगातार ध्यानाकर्षण गराइ रहे पनि नापी कार्यालय जलेश्वर भने राजनीतिक सहमतिबाट मात्र कागजात लान सकिने बताउँदै आएको छ । बर्दिवास कार्यालयको कागजात किन नदिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा जलेश्वर कार्यालयका प्रमुख कमलेश कर्णले अहिले पनि स्थानीय प्रशासनको समन्वयमा राजनीतिक सहमति गरेर लैजान सकिने बताए । जलेश्वर कार्यालयले राजनीतिक सहमतिको कुरा निकाले पनि जिल्लाका कुनै राजनीतिक दलले जनताले सेवा पाउने कुरामा आफूहरुको आपत्ति नरहेको स्पष्ट पार्दै आएका छन् । सम्बन्धित कार्यालय, उनीहरुको अनुगमन गर्ने सम्बन्धित विभाग र स्थानीय प्रशासनको समन्वयमा हुनपर्ने काममा दललाई अनावश्यकरुपमा गिजोलिएको राजपा नेपालका नेतासमेत रहनुभएका जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहको भनाइ थियो । “राजनीतिक तहमा हामीबीच जिल्लाका सबै दलका साथीहरुबीच आपसी संवाद भइरहेको हुन्छ” संयोजक सिंहले भने, “जनताले पायक पर्ने ठाउँबाट सेवा पाउनुपर्ने कुरामा कसैको विमति छैन ।” प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले यस प्रकरणमा आफूलाई मुछ््न आवश्यक नरहेको बताए। “सरकारको निर्णय छ, त्यति भएन कार्यालय नै स्थापना भइसकेको छ, दुवै नापी कार्यालयले उपल्लो कार्यालयको परिपत्रअनुसार अभिलेख दिने÷लिने गरे त भइहाल्यो”, उनले भने, “सरकारको निर्णयमा केको आनाकानी रु स्थानीय प्रशासनलाई किन मुछ्नु रु एक कार्यालयबाट अर्को कार्यालयमा अभिलेख पु¥याउने काममा सुरक्षाको आवश्यकता परे हामीलाई भन्दा हुन्छ, त्यसको प्रबन्ध गरिनेछ ।” राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय प्रशासन र सेवाग्राही जनताको आग्रह हुँदाहुँदै पनि जलेश्वर कार्यालयले बर्दिवासको अभिलेख नदिनुमा भू–माफियाको चलखेल रहेको स्थानीय सेवाग्राहीले बताए । “सिडियो साब लानोस् भन्छन्, जिल्ला समन्वय समितिका संयोजक जनताले पायक पर्ने ठाउँबाट सेवा पाउनु पर्छ भन्छन्, अनि समस्या चाँही कहाँ रह्यो त रु” भङ्गाहा–४ का बासिन्दा रामईश्वर ठाकुरले भने, “बर्दिवासमा नापी कार्यालय छँदैछ, कुरो कहाँ अल्झ्यो, यो कसले हेरिदिने हो ?”
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending