Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

गोही संरक्षणमा जाल बन्यो ठुलो तगारो

चितवन। सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा माछा मार्ने जाल पनि ठूलो तगारो बनेको छ । वर्षेनी जाल मुखमा बेरिएर कैयौँ घडियाल मरेका छन् भने कतिपय गोही लामो समय जालमा बेरिएर बाच्न विवश छन् । गत जेठमा मुखमा जाल बेरिएको एउटा गोहीको बुधबार मात्रै जालमुक्त गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काको टोलीले राप्ती नदीको कसरा नजिकैबाट गोहीलाई जालमुक्त गरेको हो । गत आर्थिक वर्षमा यस्ता आठ गोहीलाई राप्ती र नारायणी नदीमा जालमुक्त गरिएको थियो । विसं २०७४ को जेठमा नवलपरासीको अमलटारी नजिकै नारायणी नदीमा मुखमा जाल बेरिएर एउटा बयस्क भाले घडियाल मरेको थियो । न्यून सङ्ख्यामा रहेका भाले मरेपछि निकुञ्जले अन्यत्रबाट भाले गोही खोजेर ल्याउनुपरेको थियो । जाल बेरिएर जानकारी नआएका कति छन् थाहा नभएको उनले बताए । १७ वर्षदेखि गोही संरक्षणमा लाग्दै आएका खड्काका अनुसार माछा मार्नेहरूले साना गोहीसमेत मारेर खाने गर्दछन् । ठूला गोही तान्न नसक्ने हुँदा मुखमा जाल बेरिएर भाग्ने गर्दछ । त्यो जालमुक्त गर्न निकै कठिन हुने उनले बताए । गत जेठमा सौराहामा राप्ती नदीमा जाल बेरिएको अवस्थामा भेटिएको गोही पाँच महीनाको प्रयासपछि बुधबार कसरा नजिकै पुगेर जालमुक्त गर्न सम्भव भएको खड्काले बताए । खड्काका अनुसार गएको फागुनमा राप्तीमा छोडेको गोही हालै मात्रै बिहारको नहरमा मृत भेटिएको छ । नेपालमा नदीमा जाल अड्किएर छट्पटिँदै त्यहाँ पुगेको अनुमान खड्काको छ । जालसँगै गोहीले फूल पार्ने, बच्चा कोरल्ने र घाम ताप्ने ठाउँको गिटी, ढुङ्गा, बालुवाको उत्खनन् र प्रदुषण थप चुनौती बन्दै गएको छ । मुख्य रूपमा गोही रहेका राप्ती र नारायणी नदी तटीय क्षेत्रमा मानव बस्ती बाक्लो हुँदै जाँदा त्यहाँको फोहर यिनै नदीमा जाने गर्दछ । जसको प्रत्यक्ष मारमा गोही परेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउछनन । राप्ती र नारायणी नदीमा हाल १६५ गोही मात्रै रहेका छन् । ती दुई नदीमा हालसम्म प्रजनन् केन्द्रमा हुर्काएर एक हजारभन्दा बढी गोही छाडिसकिएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy