Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

नमुना गाउँपालिका बनाउने लक्ष्यमा जनप्रतिनीधि

\"\"हापुरे । जिल्लाको नमुना गाउँपालिका बनाउने गरी बबई गाउँपालिकाका जनप्रतिनीधि खटिएका छन् । दैनिक जनताको सेवा गरीरहेका उनीहरुले गाउँपालिकाको समग्र बिकासका लागि बृहत गुरुयोजना निर्माणमा जुटेका हुन् । गाउँपालिकाको समग्र बस्तुस्थितिका बारेमा बृहत गुरुयोजना निर्माणको तयारी गरीरहेको गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । गाउँपालिकाको बिकास गर्नका लागि योजनाबद्ध कार्यका लागि गुरुयोजना निर्माण गर्न लागेको अध्यक्ष पौडेलले जानकारी दिएका छन् । त्यसका लागि गाउँपालिकाका जनप्रतिनीधिहरु भेला भएर छलफल समेत गरेका छन् । उनीहरुले चार बर्षमा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने गरी गुरुयोजना निर्माण संकल्पसहित जुटेका छन् । जनताले जनप्रतिनीधिबाट धेरै अपेक्षा गरेको भन्दै गुरुयोजना निर्माण गरी काम गर्ने बताएका छन् । बबई गाउँपालिका—१ क वडाध्यक्ष खड्गबहादुर कवरले समग्र गाउँपालिका र वडाको बिकासका लागि दिनरात खटीरहेको भन्दै आफुहरुले अबको चार बर्षमा नमुना गाउँपालिका बनाउने संकल्पसहित खटेको बताए । जनप्रतिनीधि एक्लैले केही नहुने भन्दै कवरले सबैले त्यस कार्यमा सहयोग गर्नुपर्ने बताए । यस्तै वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर डाँगीले सबै जनताले हालसम्म साथ दिएको भन्दै सबैको सहयोगले नमुना काम गर्ने बताउनुभएको छ । वडा नम्बर २ का वडाध्यक्ष चिन्तामणी शर्माले स्थानीय, प्रदेश र संघीय सरकारले जनता लक्षित कार्यक्रम ल्याएमा काम गर्न सहज हुने बताएका छन् । यसैबीच बबई गाउँपालिकाले बृहत गुरुयोजना निर्माणका विभिन्न समिति गठन गरिएको छ । आगामी छ महिनाभित्र काम सक्ने गरी विभिन्न समिति गठन गरिएको हो । बृहत गुरुयोजना निर्माणका लागि ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर काठमाडौँले जिम्मा लिएको छ । गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको संयोजकत्वमा निर्देशक समिति, गाउँपालिकाका प्रबक्ता टंकराज बिश्वकर्माको संयोजकत्वमा संयोजन समिति गठन गरिएको छ । यस्तै वडाध्यक्ष रामबहादुर डाँगीको संयोजकत्वमा आर्थिक बिकास समिति, वडाध्यक्ष टेकबहादुर वलीको संयोकत्वमा सामाजिक बिकास समिति, वडाध्यक्ष डम्बर श्रीस मगरको संयोजकत्वमा पुर्बाधार बिकास समिति गठन गरिएको छ । यस्तै वडाध्यक्ष खड्गबहादुर कवरको संयोकत्वमा बाताबरण तथा बिकास र वडाध्यक्ष नन्दलाल वलीको संयोकत्वमा सस्थागत बिकास सेवा प्रबाह तथा सुशासन समिति गठन गरिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy