Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

नेविसंघको भावी अध्यक्षमा अम्बिकाको चर्चा, को हुन् अम्बिका ?

काठमाडौँ । नेपाल विद्यार्थी संघको अध्यक्षमा दोस्रो पुस्ताको नेताहरुको चर्चा सुरु भएको छ । उमेर हद लाग्ने भएपछि नेतृत्व दोस्रो पुस्तामा आएसँगै नयाँ अनुहारको चर्चा सुरु भएको हो । माउ पार्टी नेपाली काँग्रेसले उमेर हदसहितको विधान पारित गरेपछि अध्यक्षमा नयाँ अनुहार अगाडि आएका छन् । वर्तमान अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्लेसहित पहिलो पुस्ताका नेताहरु उमेर हदका कारण विद्यार्थी राजनीतिबाट विदा हुँदैछन् । काँग्रेसको केन्द्रीय समिति बैठकले उमेर हदसहितका विधान पारित गरेको थियो । नेविसंघको ११ औं महाधिवेशनले १२ औं महाधिवेशनबाट अनिवार्य ३२ वर्षे उमेर हद लागु गर्ने निर्णय गरेको थियो । उक्त कुरा विधानमै उल्लेख गरिएको थियो । पार्टीले पनि त्यहीअनुसार उमेर हदलाई अनुमोदन गरेको छ । अब नेविसंघको भावी अध्यक्षको लागि दोस्रो पुस्ताका नेताहरुबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धाको पहिलो सबैभन्दा पहिलो नम्बरमा अम्बिका चलाउने देखिएकी छन् । १६ वर्षदेखि नेविसंघको राजनीतिमा सक्रिय चलाउने हाल सहमहामन्त्री समेत हुन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट चलाउने परिपक्क उम्मेदवार हुन् । प्रजातान्त्रि काँग्रेसबाट राजनीतिक सुरुवात गरेकी चलाउने लगातार देउवा पक्षमा छन् । त्यसैगरी प्रेम जोशी पनि सभापतिको लाइनमै छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सागर परियार पनि सभापतिको लाइनमा छन् । यी सबैभन्दा विद्यार्थीमाझ राम्रो प्रभाव चलाउनेकै छ । महिला भएकोले पनि पार्टी नेता र नेविसंघका धेरै नेताहरु चलाउनेलाई नेतृत्व दिनुपर्ने पक्षमा छन् । हक्की स्वाभवकी भएकोले नेविसंघलाई नयाँ उचाईमा पुर्याउने संस्थापन पक्षका नेताहरुको दाबी छ । अम्बिकाले आफू नेविसंघमा लागो समयदेखि इमान्दारीतापूर्वक विद्यार्थी हक–हितको लागि संघर्ष गरिरहेककैले भावी नेतृत्व पाउनु पर्ने बताउँछन् । “म इमान्दारितापूर्वक नेविसंघ र पार्टीको अनुशासनमा रहेर विद्यार्थीको हक हितको लागि संघर्ष गरिरहेकी छु । त्यसैलै विद्यार्थी साथीहरु र पार्टी नेतृत्वले जिम्मेवारी दिनेछ” अम्बिकाले भनिन् । उनले आफूले नेतृत्व पाए कक्षा १२ देखि उच्च तहसम्म नेविसंघको संगठन विस्तार गरेर शैक्षिक क्षेत्रका विकृतिविरुद्ध शसक्त आन्दोलनको आँधिबेहरी ल्याउने बताइन् । विद्यार्थी संगठन वौद्धिकहरुको जमघट भएकोले आगामी निर्वाचनमा नेपाली काँग्रेसले पक्षमा जनमत सिर्जना गर्ने समेत अम्बिकाको दाबी छ । पार्टीको महासमिति सदस्य समेत रहेकी अम्बिका अछामको पञ्चदेवल विनायक नगरपालिकाको उपमेयर समेत हुन् । उनले दोहोरो जिम्मेवारी कसरी पूरा गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन् “यो जिम्मेवारी मैले विद्यार्थीको नेतृत्वकै लागि लिएको हो । नभए मैले मेयर नै दाबी गरेकी थिएँ । अर्को कुरा, दलित र महिला संघका अध्यक्ष सांसद हुनुहुन्छ, मेरो त झनुु कार्यकारी होइन ।” गुटमा विभाजित नेविसंघलाई एकीकृत गरेर नेतृत्व गर्ने उपयुक्त पात्र अम्बिका नै हुन् । राजनीतिक चरित्र र स्वभावका कारण वरिष्ठ नेता पौडेल पक्षका अधिकांश विद्यार्थी नेताहरुले पनि अम्बिकालाई नै भावी अध्यक्ष बनाउनु पर्ने बताउन थालेका छन् । यदि अम्बिका जिम्मेवारी पाइन् भने नेविसंघले पहिलो पटक महिला नेतृत्व पाउने छ । नेविसंघको नेतृत्व पार्टी सभापति देउवाकै पक्षले लिने पक्कापक्की जस्तै छ । चुनावी प्रतिस्पर्धा हुँदा पनि संस्थापन पक्ष नै जित्ने देखिन्छ । को हुन् अम्बिका ? अछामको पञ्चदेव विनायक नगरपालिका निवासी अम्बिका विद्या मन्दिर उच्च माविबाट विद्यार्थी राजनीतिक सुरु गरेकी हुन् । इकाई सदस्यबाट राजनीतिक सुरुवात गरेकी अम्बिका २०६३ क्षेत्र नम्बर २ को क्षेत्रिय कोषाध्यक्ष भइन् । सोही वर्ष जिल्ला कमिटी सदस्यमा समेत निर्वाचित भइन् ।  जिल्ला सदस्य भएपनि उनको राजनीतिक थलो विनायक नै थियो । २०६५ मा सोही विद्यालयको इकाई अध्यक्षमा निर्वाचित भइन् । इकाई अध्यक्ष भएकै बेला सम्पन्न स्ववियु निर्वाचनमा अखिल र अखिल क्रान्तिकारीको संयुक्त प्यालनलाई पराजित गर्दै सभापतिमा निर्वाचित भइन् । यो सँगै उनको राजनीतिक क्षेत्र पार्टीमा मात्र सिमित रहेन । उनको राजनीतिक प्रभाव आम बन्दै गयो । २०६७ सम्पन्न नेपाली काँग्रेसको महासमिति सदस्य निर्वाचित भइन् । पार्टीको १२ औं महाधिवेशनमा उनी सबैभन्दा कान्छो प्रतिनिधि थिइन् । योसँगै अम्बिकाको राजनीतिक जिल्लाबाट केन्द्रसम्म पुग्यो । नेविसंघको २०७० मा सम्पन्न ११ औं महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भइन.् । योसँगै अम्बिकाको राजनीतिक यात्रा काठमाडौँसम्म पुग्यो । पार्टीका केन्द्रीय नेताहरुसँग सम्बन्ध विस्तार हुनुको साथै देशभरका नेविसंघका नेता–कार्यकर्ताबीच परिचित भइन् । अम्बिकाको अहिलेसम्मको राजनीतिक यात्रामा जहिले पनि सभापति शेरबहाद्र देउवाको पक्षमा रहेर पार्टी भित्र र बाहिर संघर्षमा गरिरहेकी छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending