Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

एनआरएनएको पहिलो विधानसभा शुरु, यी विषयमा छलफल हुने

काठमाडौँ।  गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को विधानसभा काठमाडौँमा शुरु भएको छ । सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश गरेको प्रवक्ता भुषण घिमिरेले जानकारी दिए । यसअघि अधिवेशनमा विधानका विषयमा छलफल हुने गरेको भए पनि विधान संशोधनकै लागि केन्द्रित रहेर आयोजना भएको विधानसभा भने यो पहिलो हो । सल्लाहकार डा हेमराज शर्माको संयोजकत्वमा बनेको विधान समितिले सभामा संशोधन प्रस्ताव पेश गरेको घिमिरेले जानकारी दिए । आज दिनभर सो प्रस्तावमाथि छलफल हुनेछ । हाल तीन उपाध्यक्ष रहेकामा थपेर विषयगतरूपमा पाँच उपाध्यक्ष पु¥याउने गरी संशोधन प्रस्ताव पेश गरिएको छ । वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला हेर्ने गरी छुट्टाछुट्टै उपाध्यक्ष राख्न लागिएको हो । एनआरएनएको दुईवर्षे कार्यकाललाई तीन वर्षे बनाउने प्रस्तावमा उल्लेख छ । प्रतिएक हजार सदस्य बराबर १०० जना सम्मेलन प्रतिनिधि रहने गरेकामा यसपटक त्यसलाई समेत संशोधन गरिने प्रवक्ता घिमिरेले बताए । आज पारित संशोधन प्रस्ताव तीन महीनापछि बोलाइने विशेष महाधिवेशनमार्फत अनुमोदन गरिने जनाइएको छ । आजदेखि विश्व विज्ञ सम्मेलन विधानसभापछि पहिलो ‘विश्व विज्ञ सम्मेलन’ आज साँझदेखि शुरु हुँदैछ । साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । विज्ञ सम्मेलनमा कृषि, जलविद्युत् यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक शीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल हुने एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान, सीपको उपयोग र यसमा आइपर्ने चुनौतीबारे छलफल तथा विभिन्न अध्ययन अनुसन्धान र अन्वेषणमा सहभागि विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच अन्तक्र्रिया हुनेछ । सम्मेलनमा नेपालसँग जोडिएका विदेशी विज्ञ, परराष्ट्रविद्, नीति निर्माता, स्वतन्त्र बुद्धिजीवि, निजी क्षेत्रकोसमेत सहभागिता रहने जनाइएको छ । कूल १६० कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा ३५० प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनले विदेशी भूमिमा सिकेको सीप र पूँजीलाई नेपालको विकासमा लगानी गर्न वातावरण तयार पार्ने विश्वास लिइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending