Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

मेयर दाहाल भन्छिन्- महानगरका जनतालाई उचालियो

भरतपुर। चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले अन्तर्राष्ट्रिय स्तरको सिटी हलका नाममा महानगरका जनतालाई उचाल्ने काम भइरहेको आरोप लगाएकी छन् । उद्योग वाणिज्य संघ–चितवनले शुक्रबार आयोजना गरेको दसैं शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी दाहालले सिटी हलको विषयमा जनता उचाल्ने काम भइरहेको हुनाले त्यस्तो कार्य बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गरिन् । ‘सिटी हलको विषयमा कहिले जगतपुरका जनतालाई उचालिएको छ, कहिले पटिहानीका जनतालाई उचालिएको छ, कहिले कहाँको जनतालाई उचालिएको छ, यो के हो ? किन उचालिएको छ ?’ उनले प्रश्न गर्दै भनिन्, ‘सिटी हल जहाँ बनाउन खोज्दा पनि विरोध भइरहेको छ, महानगरवासी भन्नूस् अब म के गर्न सक्छु ? जे भन्नुहुन्छ त्यही गर्छु ?’ क्यान्सर अस्पतालभन्दा पर जान सकिँदैन कार्यक्रममा महानगर प्रमुख दाहालले सिटी हल क्यान्सर अस्पतालभन्दा परको दूरीमा बनाउन नसकिने बताइन् । उनले भनिन्, ‘मेरो इच्छा त म जन्मेको ठाउँ शिवनगरमा बनाउन मन थियो, महानगरको मध्ये भागमा पनि पर्ने थियो, तर त्यहाँ हुन सक्दैन । क्यान्सर अस्पतालभन्दा पर गएर सिटी हल बनाउन सकिदैन ।’ दाहालका अनुसार सिटी हल सिटीकै पेरिफेरिमा हुनुपर्छ । भरतपुर महानगरले सुरुमा क्यान्सर अस्पतालको ५ बिघा जग्गामा सिटी हल बनाउने प्रस्ताव गरेको थियो । ‘भरतपुरमा बन्न लागेको सिटी हल क्यान्सर अस्पतालको जग्गामा निर्माण गर्ने भनी गृहमन्त्रालय, अर्थमन्त्रालय हुँदै फाइल क्याबिनेटसम्म पुगेको थियो’ महानगर प्रमुख दाहालले स्मरण गर्दै भनिन्, ‘प्रतिपक्ष दल नेपाली कांग्रेसबाट विरोध भएपछि विकल्प खोजौ नत्र गेष्ट हाउस चौरमा बनाउने निर्णय गरेका थियौँ । त्यहाँ पनि साना दलहरुले बिरोध गर्नुभयो ।’ सिटी हलको विषय अहिले अन्योल बनिरहेको उनको भनाइ थियो । ५० लाख बजेट फ्रिज हुन्छ महानगर प्रमुख दाहालले भरतपुर महानगरमा सिटी हल बनाउन नसके बजेट फ्रिज भएर जाने बताइन् । उनले भनिन्, ‘सिटी हलको लागि आएको ५० लाखको बजेट फ्रिज हुनबाट मैले रोकिरहेको छु, सधैँभर त यो बजेट त रोकिदैन ।’ सिटी हल बनाउनै नदिने हो भने बजेट फ्रिज भएर जाने उनको भनाइ थियो । ‘सिटी हल जहाँ बनाउन खोज्दा पनि विरोध हुने, बनाउनै नदिने नियत हो भने त बजेट फ्रिज भएर अर्को जिल्ला जान्छ, त्यतिबेला कसको दोष हुन्छ रु दाहालको आक्रोश थियो, ‘सिटी हलको चर्चा भएको छ महिना भयो, ६ महिनासम्म कुहिराका काग भइएको छ । यहाँको खिचातानीले भरतपुर महानगरमा आएको योजना उम्केर अन्त नजाओस् ।’ रिंगरोड ३० मिटरभन्दा कम हुँदैन प्रमुख दाहालले भरतपुर महानगरले बनाउँदै गरेको रिंगरोड ३० मिटरको भन्दा कम नहुने बताएकी छन् । उनले भनिन्, ‘लिंकरोड त २४ मिटरको बन्न लागेको छ भने रिंगरोड ३० मिटरको भन्दा कम हुँदैन ।’ उहाँले भविष्यलाई हेरेर लिंकरोड र रिंगरोड बन्न लागेको बताउनुभयो । महानगरको रिंगरोड ९५ किलोमिटर लामो छ । ‘रिंगरोड र लिंकरोडको काम भइरहेको छ, थोरै गर्ने हो तर राम्रो गर्ने हो । ढिलो होस् तर राम्रो होस्’ दाहालले भनिन्, ‘रिंगरोड बजारको मुख्य भागलाई छोडेर छेउछेउबाट लान पनि सकिन्छ ।’ भरतपुर महानगरको रिंगरोडमा १२ वटा लिंकरोड जोडिन्छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending