Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

ग्रामीण क्षेत्रमा मनपरी भाडा असुली

\"\"पर्वत। सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् । पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् । गाडी चढेर यात्रा नगरौँ सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदलयात्रा गर्नुपर्छ । चढौँ भेँडाबाख्रा खाँदिएजस्तै खाँदिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुको गुनासो छ । दशैँका बेला सडकमा सवारी साधन र यात्रुको चाप छ । यस्तो मौकामा यातायात व्यवसायीले मनपरी भाडा असुली गरिरहेका यात्रुले गुनासो गरेका छन् । “हिँडेर जान आउन कठिन भो, गाडी चढ्ने बानी प¥यो, चढौँ भने सवारीले मनपरी भाडा लिन्छन्”, पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीका महेश्वर शर्माले भने, “यत्रो भाडा लाग्छ भन्दा कन्डक्टरले भाडा नभए यहीँ झर्नुहोस्, हामीलाई यात्रुको अभाव छैन भन्छन् ।” पर्वत जिल्लाको कूल एक हजार ४४ किलोमिटर सडकमध्ये ६३ किलोमिटर कालोपत्रे, ६० किलोमिटर ग्राबेल र ८८० किलोमिटर सडक कच्ची छ । कच्ची र ग्रामीण सडकमा चल्ने सवारीको मनोमानी छ । अग्ला भीरमा रहेका, नमिलाइएका उकालो सडकमा समेत क्षमताभन्दा दोब्बर यात्रु राखेर गाडी कुदाउँदा जोखिम रहेको कुश्मा नगरपालिका–१४ आर्थरका शिवराम पौडेलले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको तथ्याङ्कअनुसार जिल्लामा रुट परमिट प्रदान गरिएका सडकमा जिपले प्रतिकिमी ?साढे आठ र बसले रु साढे सात लिने प्रावधान छ । तर, सवारी साधनले भने तेब्बरसम्म भाडा असुली गरिहेको यात्रुको गुनासो छ । व्यवसायीले भने मनपरी भाडा नलिएको र क्षमताभन्दा धेरै यात्रु नराखेको दाबी गर्दै आएका छन् ।सीमित सवारी र यात्रुको चाप बढेका कारण ग्रामीण क्षेत्रमा कालोपत्रे सडकजस्तो सहज नहुने भएकाले भाडा केही मात्र महँगो हुनु अस्वाभाविक नभएको उनीहरूको तर्क छ । “गाडीमा चढ्न खोज्ने धेरै हुन्छन्, कसैलाई चढ्नुस कसैलाई नचढ्नुस भन्न भएन । गाउँमै जाने गाडी त्यही गाउँका मान्छे त चढ्ने नै भए । त्यही पनि हामीले क्षमताभन्दा बढी त राखेका छैनौँ”, यातायात व्यवसायी कुमार श्रेष्ठले भने, “पिचमा चल्ने गाडीको भन्दा ग्रामीण क्षेत्रमा चल्नेको भाडा केही महँगो त हुने नै भयो । त्यस्ता सडकमा बस चलाउँदा हामीले लिने जोखिम र सवारी साधनको क्षति पिचमा चल्नेको कहाँ हुन्छ र ?” ट्राफिक प्रहरी कार्यालय पर्वतले भने सवारी साधनले मनपरी भाडा लिएको भनी कुनै पनि उजुरी नआएको बताएको छ । यद्यपि, चाडपर्वको समयलाई ध्यानमा राखेर विभिन्न ठाउँमा ट्राफिक प्रहरी परिचालन गरेर भाडा असुली र क्षमताभन्दा बढी यात्रु राखे नराखेको विषयमा अनुगमन गर्ने र त्यस्तो गरेको पाइएमा तुरुन्त कारवाही गर्ने ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy