Khabar Dabali १० जेष्ठ २०८३ आईतवार | 24th May, 2026 Sun
Investment bank

शान्तिपूर्ण र समृद्ध नेपालले मात्र क्षेत्रीय शान्तिमा योगदान पुर्याउन सक्दछः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले शान्तिपूर्ण र समृद्ध नेपालले मात्र क्षेत्रीय शान्तिमा योगदान पुर्याउन सक्ने बताएका छन् । इन्डिया फाउन्डेसनले भारतको राजधानी दिल्लीमा आयोजना गरेको विचार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “हाम्रो विकासको प्रयासमा हाम्रा छिमेकीहरु र संसारभरका मित्र राष्ट्रहरुवाट प्राप्त सहयोगका लागि आभारी छौं । हामी आशावादी छौं की यस्तो सहयोग निरन्तर जारी रहेने छ । मलाई कुनै सन्दैह छैन, तपाई सबैसँग सहमत हुनुहुनेछ की शान्तिपुर्ण र समृद्ध नेपालले मात्र क्षेत्रिय शान्ति, स्थिरता र समृद्धिमा योगदान पुराउन सक्छ ।”

नेपाल र भारतबीच, परापुर्वकालदेखि सौहाद्र्धपूर्र्ण सहअस्तित्वको सम्बन्ध रहँदै आएको बताए । भुगोलका साथै इतिहास, धर्म संस्कृतिका साथ वाणिज्य सम्बन्धद्धारा दुई देशको सम्बन्ध रहेको उनको धारणा थियो । उनले भने, “हामी छिमेकी मात्र होइनौं, नजिकका साथीहरु पनि हौं । जनता जनताबीचको अन्तर्क्रिया र आदानप्रदानहरु विशिष्ट छन् जसले हाम्रो सम्बन्धलाई छुट्टै प्रकृतिको स्वरुप प्रदान गरेको छ ।”

प्रचण्डले नेपाल भारत सम्बन्धको आधार आत्मियता, भातृत्व, सहयोग र समान सार्वभौमका लागि पारस्परिक सम्मानमा आधारित रहेको बताए । “समयसापेक्ष र हाम्रा जनताको आकांक्षा अनुरुप यस सम्बन्धलाई नया“ उचाईमा पुराउनका हामी दुवै देश प्रतिबद्ध छौं”, उनले भने ।

अध्यक्ष प्रचण्डले समृद्ध समाजको लागि अनुकूल वातावरण सिर्जना गर्न सबै देशहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताए। उनले संसारका धेरै देश अघि बढेका र हामी उनीहरुको पछि लागेको बताए ।

उनले मानव प्रगतिको बावजुद संसारले आज धेरै चुनौतीहरूको सामना गर्नुपरेको बताउँदै भने, ‘अरु देशहरु धेरै अगाडि बढिसके तर हामी अझै गरिबीको चपेटामा पिल्सेका छौँ, यहाँबाट निस्कन जरुरी छ, यसको लागि दुई राष्ट्रबीच (नेपाल र भारत) सुमधर सम्बन्ध बनाउनु पर्छ ।’  प्रचण्ड आज राति स्वदेश फर्कने छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending