Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नाग्म–गमगढी सडक स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती

जुम्ला । नेपाली भाषाको उद्गमस्थल सिंजा र नेपालको सबैभन्दा ठूलो ताल मुगु रारा जोड्ने सडकको स्तरोन्नतिमा ढिलाइ भएपछि यहाँ आउने पर्यटकलाई समस्या हुने गरेकोे छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा आन्तरिक तथा बाह्य पर्यटकका साथै स्थानीय यात्रुको आवागमनसमेत असहज बन्दै गएको हो । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा यात्रुले सास्ती पाएको भन्दै प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत, कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकाया र नेकपा जुम्लाका नेता पूर्णप्रसाद धितालसहितको टोलीले उक्त सडकखण्डको स्थलगत अनुगमन गरी निर्माण कार्यलाई गतिदिन डिभिजन सडक कार्यालय जुम्लालाई निर्देशन दिएको छ । अनुगमनका क्रममा सडक गुणस्तरहीन देखिएको र अहिले राख्न थालिएको ग्राभेल सामग्री पनि मापदण्ड बमोजिम नभएको प्रतिनिधिसभा सदस्य महतले जानकारी दिनुभयो । “सडकको निर्माणका कार्य धिमा गतिमा छ”, उनले भने, “तोकिएको मापदण्डअनुसार सडकमा ग्राभेल नराखिएकाले जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय जुम्लालाई एकै ठाउँमा राखेर जिम्मेवार कम्पनीलाई कमसल सामग्री सडकमा राख्ने कार्य रोक्न निर्देशन दिएका छौँ ।” प्रदेशसभा सदस्य रोकायाले नाग्म–गमगढी राजमार्गमा प्रभावकारी काम नभएकाले यस कार्यमा सम्बन्धित निकाय क्रियाशील र पारदर्शी भएर लाग्न आग्रह गरे । कर्णाली प्रदेश सरकारले शुभारम्भ गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ लाई समेत प्रभाव पर्ने र जनताको सहज यातायातको अधिकार हनन् हुने गरी सडक गुणस्तर कायम गर्न खोजिए जिम्मेवार जोकोहीलाई पनि नछाड्ने प्रतिवद्धता उहाँहरुले व्यक्त गरे । १८ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिएका कम्पनीले कमसल सामग्री राखेमा र दुई लेनको सडक निर्माण नगरेमा भुक्तानी नहुने सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर श्रवणकुमार महताराले बताए । “मापदण्ड बमोजिम काम गर्न र कार्यशैली परिवर्तन गर्न हामीले असोज २१ गते कम्पनीलाई पत्राचार गरिसकेको छौँ”, इञ्जिनीयर महताराले भने, “निर्माण भएका संरचनाको अवस्था, योजनाको मूल्याङ्कन प्रतिवेदन उपलब्ध गराउन, सडकको इक्जिङ सर्भे प्रोफाइल, डिजाइन स्वीकृति गरी ग्राभेलिङ गर्नुपर्ने समेतका बुँदामा निर्देशनात्मक पत्राचार गरिएको छ ।” उहाँका अनुसार ग्राभेलका लागि नाग्म–बड्कीसम्म (१३ किमी) सडक हिम्दुङ्ग थोक हिरा नमिता जेभीले रु सात करोड ९० लाख ९५ हजारमा र १३ दशमलव एक किमि देखि १७ दशमलव पाँच किमी सडक थोदुङ्ग निर्माण प्रालिले रु दुई करोड ३० लाख ३४ हजारमा ठेक्का पाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापालले सडकको अवस्थाको बारेमा बुझेर निर्माण कम्पनीलाई पत्रचार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । निर्माण कार्यमा गुणस्तरहीन र तोकिएको अवधिमा सम्पन्न नगर्ने कम्पनीलाई कारवाही गर्न प्रशासन प्रतिबद्ध रहेकोे बुढ्थापालले जनाए । ९१ किलोमिटर दूरीको नाग्म–गमगढी सडकको करीब १८ किलोमिटर स्तरोन्नतिको जिम्मा लिएको हिम्दुङ्ग थोक हिरा नमिता जेभीले ३५ महीनाभित्र सम्पन्न गर्ने अवधि राखेर विसंं २०७२ माघ १० गते र थोदुङ्ग निर्माण प्रालिले २२ महीनाभित्र निर्माण कार्य सम्पन्न गर्ने भन्दै २०७३ जेठ २७ गते सम्झौता गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । जोखिमपूर्ण सडक, दुर्घटना बढ्दै गएको बुधबार नाग्म–सिंजा–गमगढी सडकअन्तर्गत सिंजा क्षेत्रको बड्की र गोरुचौरमा ज्यान जाने गरी भएका छुट्टछुट्टै सवारी दुर्घटनाले यो सडकको वास्तविक दूरवस्था प्रष्ट्याएको छ । हिमा गाउँपालिका–१ बड्की जुम्लामा भएको भे१ज ८६५ नं को बुलबुले यातायातको जिप दुर्घटनाबाट तिला गाउँपालिका–३ जुम्लाका लाले सार्कीसहित उनको पत्नी र आठ महीनाको छोरीले ज्यान गुमाएका थिए । यसैगरी सिंजा गाउँपालिका गोरुचौरमा भएको दुर्घटनामा चन्दननाथ नगरपालिकाका गगन नेपाली, दीपक नेपाली, जितेन्द्र खत्री र दैलेख दुल्लु नगरपालिकाका भक्ति साउदको स्वास्थ्य अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार उपचारका लागि काठमाडौँ लगिएको छ । नेपालको सबैभन्दा ठूलो पर्यटकीय तालसँग जोडिएको नाग्म–सिंजा–गमगढी सडक स्तरोन्नति र त्यसमा देखिएको ढिलासुस्तीका विषयमा सर्वत्र चासो बढेको छ । गुणस्तरहीन र धिमा गतिको स्तरोन्नतिको कामले आन्तरिक तथा बाह्य पर्यटकलाई रारा ताल जान त्रसित बनाएको छ । एकातिर दुर्घटना बढ्दै गएको छ भने अर्कोतिर अप्ठ्यारो सडकका कारण अन्य यातायात चलेका छैनन् । चल्ने यातायातले भने मनपरी भाडा लिँदा यात्रुलाई सास्ती भएको छ । भाडा महङ्गो हुनुका साथै यात्रा जोखिमपूर्ण हुँदा पनि सरकारले कुनै चासो नदिएको तिला गाउँपालिकाका–३ जुम्लाका स्थानीयवासी वीरजीत तिरुवाले गुनासो गरे । कर्णाली प्रदेश सरकारले विसं २०७५ लाई कर्णाली पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरे पनि पूर्वाधार निर्माणमा खासै चासो नदिएको उहाँको भनाई छ । सरकारले कर्णाली राजमार्गको दैलेख र कालीकोट सडकखण्डका विभिन्न स्थानका पुल निर्माणको जिम्मा लिएका कम्पनीलाई समयमै निर्माणका लागि कडाइ गर्न नसकेको गुनासो नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले गर्नुभयो । रारा ताल जोड्ने जीवन रेखाका रूपमा विकसित हुँदै गएको नाग्म–सिंजा–गमगढी सडकमा आवातजावत गर्ने यात्रुलाई सजिलो र पुनः फर्कने वातावरणका लागि सडक, पूर्वाधार, होटल र सुरक्षाको सुनिश्चितता हुनुपर्नेमा उनले जोड दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy