Ntc summer Offer
Khabar Dabali १७ कार्तिक २०८१ शनिबार | 2nd November, 2024 Sat
Investment bank

श्रम सम्झौता परिमार्जन नगरे मलेसिया कामदार नपठाउने व्यवसायीको चेतावनी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरोकारवाला संस्थाहरुसंग कुनै छलफल नगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सस्तो लोकप्रियताका लागि मलेसिया सरकारसंग श्रम सम्झौता गरिएको आरोप लगाएका छन् ।

मंगलबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले २०७२ साल जेठमा तत्कालिन श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले पनि कार्यन्वयननै हुन नसक्ने फ्रि भिजा र फ्रि टिकटको व्यवस्था गरेर सस्तो लोकप्रियता खोजे जस्तै वर्तमान मन्त्रीबाट पनि त्यस्तै भएको हुन सक्ने आशंका ब्यक्त गरे ।

त्यस्तै उनले पहिला मलेसियासंगको श्रम सम्झौता के कति कारणले रद्ध गरिएको हो त्यसको पनि सरकारले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताए । मलेसिया सरकारसंगको सम्झौताको पूर्ण पाठ सरोकारवालालाई नदिई प्रेस बक्तव्यबाट मात्रै सार्वजनिक गरिनुले कतै वाहिर आएभन्दा फरक सम्झौता त भएको छैन भन्ने समेत उनले शंका ब्यक्त गरे ।

सोही कार्यक्रममा बोल्दै काँगे्रस निकट व्यवसायी भनेर चिनिने बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकालले मन्त्री विष्टले बदनियतपूर्ण तरिकाले सस्तो लोकप्रियताको लागि गरेको श्रम सम्झौतालाई सबै व्यवसायीहरुले कुनै वाद वा विचार भन्दा माथि उठेर विरोध गर्नुपर्ने धारण व्यक्त गरे ।

त्यस्तै, सोही कार्यक्रममा सत्तारुढ नेकपा निकट प्रगतिशिल बैदेशिक रोजगार मन्त्रका अध्यक्ष चित्र गुप्ता सावाले सरकारले गरेको श्रम सम्झौताको बारेमा तत्काल समर्थन या विरोध भन्दा पनि आफूहरु अध्ययनकै क्रममा रहेको र वाहिर मिडियामा आए जस्तै सम्झौता हो भने मन्त्री विष्टको लोकप्रिय हुने होड भन्दा बढि यो सम्झौता केही नभएको जिकिर गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy