Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

अमेरिकामा नागरिकता नीति फेरिँदै, जन्मकै आधारमा नपाइने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकार परिवर्तन गर्ने बताएका छन् ।आप्रवासनसम्बन्धी कडा नीति अख्तियार गर्दै आएका राष्ट्रपति ट्रम्पले उक्त अधिकार अन्त्य गर्ने कार्यकारी आदेशमा आफूले हस्ताक्षरको तयारी गरेको मंगलबार जनाएका हुन् । राष्ट्रपतिको यो कदम आप्रवासीविरुद्ध हालसम्मकै कडा भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले त्यसका लागि प्रक्रिया सुरु भइसकेको जनाउँदै अमेरिकी कंग्रेसले आफूलाई साथ दिने विश्वास व्यक्त गरेको वासिङ्टन पोस्टले जनाएको छ । ट्रम्पले भने, ‘हामी कंग्रेसको समर्थनमा यो गर्न सक्छौं तर मानिस चाहन्छन् कि मैले कार्यकारी आदेशमार्फत गरूँ ।’ आफ्नो कदमको प्रतिरक्षामा ट्रम्पले ‘अमेरिका विश्वमै एक मात्र जन्मका आधारमा नागरिकता दिने देश भएको’ दाबी गरे । तर हाल ३३ देशले कुनै सर्तबिना जन्मकै आधारमा नागरिकता दिने गर्छन् । त्यसमध्ये क्यानडा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना लगायतका अमेरिकी देशहरू छन् । ‘एउटा मानिस अमेरिका प्रवेश गर्छ, उसले वच्चा जन्माउँछ र त्यो बच्चा बिनाकुनै सर्त ८५ वर्षसम्म अमेरिकाको नागरिक हुन्छ,’ ट्रम्पले भने, ‘यो निकै हास्यास्पद छ । यसको अन्त्य हुनै पर्छ ।’ अमेरिकी संविधानको १४ औं संशोधनको मर्म अनुसार आप्रवासन र राष्ट्रियता ऐनमा अमेरिकी भूभागमा जन्मेका व्यक्तिले स्वतः नागरिकता पाउने प्रावधान छ । सन् १८६८ मा गरिएको संशोधनमा ‘अमेरिकामा जन्मेका वा प्राकृतिक रूपमा उत्पन्न रहेका व्यक्ति अमेरिकाको नागरिक हुनेछन्’ भन्ने उल्लेख छ । राष्ट्रपतिको आदेशपछि संविधानको उक्त व्यवस्थाबारे बहस उत्पन्न हुने ठानिएको छ । ट्रम्पले आगामी महिना हुने अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा महत्त्वपूर्ण निर्णय गर्न लागेका हुन् । निर्वाचनलाई रिपब्लिकनहरूले आप्रवासन नीतिको जनमतसंग्रहका रूपमा समेत व्याख्या गर्ने गरेका छन् । सोमबार राष्ट्रपति ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा ‘अमेरिकामा नयाँ जीवन चाहने मेक्सिकन शरणार्थीलाई राम्रो पालमा राखिने’ बताएका थिए । ट्रम्प प्रशानसनले त्यसका लागि ‘पाल सहर’ बनाउन लागेको जनाएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending