Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

ट्रम्पले थर्काएपछि भारतले दियो यस्तो प्रतिक्रिया

\"\"वासिंगटन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबाट पेट्रोलियम पदार्थ खरिद गर्ने भारत लगायतका देशहरूलाई ५ नोभेम्बरभित्र इरानबाट अप्रशोधित तेल आयात रोक्न चेतावनी दिएका छन् । उनले देशहरूका निम्ति पेट्रोलियम पदार्थको आपूर्ति पर्याप्त भएकाले उनीहरूले इरानसँग तेल खरिद गर्ने काम रोक्नु पर्ने बताएका हुन् । ट्रम्पले ५ नोभेम्बर उता इरानसँग तेलको लेनदेन जारी राख्ने देशहरू विरुद्ध प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् । मे २०१८ मा ट्रम्प इरानसँगको आणविक सम्झौताबाट आफू अलग्गिने घोषणा गरेका थिए । उक्त आणविक सम्झौता अनुसार इरानलाई परमाणु कार्यक्रम बन्द गर्नुको साटो आर्थिक प्रतिबन्धहरूमा छूट दिने कुरा थियो । तर उक्त सम्झौताबाट बाहिरिनासाथ ट्रम्पले इरान विरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका थिए । व्हाइट हाउसको तर्फबाट निर्देशनात्मक शैलीमा भारत लगायत इरानबाट तेल आयात गर्ने देशहरूलाई त्यसो नगर्न भनेको छ । उता भारतले भने एक अर्ब ३० करोड जनसंख्याको उर्जा अवश्यकता पूरा गर्न यसो गर्न नसकिने जानेको छ । भारतले आफ्नो ८० प्रतिशत उर्जा आवश्यकता तेल आयातका माध्यमले पूरा गर्ने गरेको छ । भारतले केही समय यता इरानबाट तेल आपूर्ति कम गरेपनि पूरै रोक्न सक्ने अवस्थामा भने ऊ छैन । केही दिन अघि मात्रै अमेरिकाका केही वरिष्ठ अधिकारीहरूले यसबारेमा भारतसँग कुरा समेत गरेका थिए तर यसको विवरण भने हालसम्म सार्वजनिक भएको छैन । ट्रम्पले रुससँग रक्षा सम्झौता गरेको भन्दै यसअघि नै भारतलाई चेताइसकेका छन् । उनले आफूले यस मामिलामा समेत लगातार निगरानी गरिरहेको बताइरहेका छन् । उता भारतले इरानसँगको तेल व्यापारमा गरेको कमीलाई अमेरिकाले कसरी बुझेको छ भन्नेबारे भने केही सार्वजनिक गरेको छैन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending