Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

जङ्गली भाले हात्तीको भरमा प्रजनन केन्द्र

\"\"चितवन। हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जङ्गली हात्ती रोनाल्डो र पश्चिमी क्षेत्रमा ध्रुवेले निकुञ्जका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको छ । निकुञ्जमा प्रजननयोग्य भाले हात्तीको कमी छ । हात्ती प्रजनन तथा तालीम केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार १० वर्षयता केन्द्रका अधिकांश पोथी हात्तीलाई रोनाल्डोले गर्भाधान गराउँदै आएको छ । उनले भने, “रोनाल्डोले गर्भाधान गराएपछि १२ भन्दा बढी बच्चा ९छावा०जन्मिसकेका छन् ।” गत शुक्रबार मात्र गणेशकलीले भाले तथा असोज २३ गते पुजाकलीले पोथी बच्चा जन्माएका थिए । तिनीहरु रोनाल्डोकै सन्तान हुन् । अहिले प्रजनन केन्द्रमा रहेका गर्भिणी तीन हात्तीमध्ये कर्णालीकली र चितवनकलीलाई रोनाल्डोले नै गर्भाधान गराएको हो । लोकतन्त्रकलीलाई भने सुखिभारमा रहँदा ध्रुबेले गर्भाधान गराएको हो । गत वर्ष प्रजनन केन्द्रमा चार हात्तीले बच्चा जन्माएका थिए । ती सबै रोनाल्डोबाट गर्भाधान भएको चौधरीले बताए । अहिले खोरसोरमा नौ पोथी हात्ती छन् । तालीम नपाएका आठ तथा तालीम पाएका हात्तीका दुई बच्चा छन् । प्रजनन गराउन योग्य हात्ती नभएको चौधरीले बताए । हात्तीले २२ महिनादेखि २४ महीनामा बच्चा जन्माउने गर्दछ । सौराहा क्षेत्रमा पछिल्ला वर्षमा रोनान्डोले राज गर्दै आएको चौधरी बताउछन् । उनले भने, “चितवन राष्ट्रिय निकुञ्जमा ६० हात्ती भए पनि प्रजननयोग्य भाले हात्ती भने छैनन् ।” चौधरीले थपे, “भाले हात्ती १८ भए पनि केही बच्चा तथा केही बुढा छन् ।” निकुञ्जको पश्चिम क्षेत्रका पोष्टमा रहेका हात्तीलाई ध्रुबे नामको जङ्गली भाले हात्तीले प्रजनन गराउँदै आएको छ । जङ्गली हात्ती रातको समयमा पोथी हात्ती रहेका ठाउँमा आउँछन् । चौधरीका अनुसार असोजको अन्तिम सातादेखि वैशाखसम्म रोनाल्डोले रात खोरसोरस्थित प्रजनन केन्द्रमा बिताउने गर्दछ । बिहान सबेरै रोनाल्डो जङ्गलतर्फ लाग्छ । बच्चा जन्माएको ६ महीनापछि पोथी हात्तीमा पुनः भाले हात्ती लाग्छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरे जङ्गली हात्तीको भरमा प्रजनन गराउनु परिरहेको बताउछन् । पछिल्ला वर्षमा रोनाल्डोले नै प्रजनन केन्द्र धानेको उनले बताए । विसं २०४२ मा भारतले उपलब्ध गराएको १६ हात्ती ल्याएर शुरु गरिएको सो प्रजनन केन्द्रमा हालसम्म २६ हात्तीका बच्चा जन्मिएका छन् । “पछिल्ला वर्षमा प्रजनन राम्रै रहेको छ,” डा गैरेले भने । व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्य उपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधारलगायत कारण प्रजननको अवस्था राम्रो भएको उहाँको भनाइ छ । जङ्गली हात्ती नआए भने प्रजननमा समस्या हुने देखिन्छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy