Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

पारस खड्का र ज्ञानेन्द्र मल्लकाे प्रचण्डले गरे खुलेर प्रशंसा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले खेलकुदले राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । पोखरा रंगशालामा सम्पन्न पोखरा प्रिमियर लिग (पीपीएल) को समापन गर्दै प्रचण्डले भने,‘राष्ट्रिय एकता बनाउने कुरामा अहिलेको नयाँ युगमा खेल सशक्त माध्यम बनेको छ । कतिपय देशहरु सायद अहिलेको विश्व मानचित्रमा त्यता देश हुने थिएनन्, यदि क्रिकेट हुँदैनथ्यो भने ति देश एकतावद्ध रहन्थे कि रहन्थेन रु भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।’ पूर्व प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको खुलेर प्रशंसा गरे । उनले भने, ‘देशमा क्रिकेटको सकारात्मक सन्देश प्रवाह गभइरहेको छ त्यसमा कप्तान र उपकप्तानको अह्म भूमिका छ म उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ नेपालमा पनि क्रिकेटको माध्यमबाट राम्रो संस्कार तथा अनुशासन विकास हुन थालेको पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बताए । उनले भने, ‘हाम्रो देशमा पनि क्रिकेटको माध्यमबाट राष्ट्रिय एकता अनुशासन, संस्कार र पहिचान स्थापित गर्ने जुन काम अगाडि बढेको छ, यो हामी सबैको निम्ति खुसी र गर्वको कुरा छ ।’ यस्तै, अध्यक्ष प्रचण्डले पोखरा रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने दिशामा पार्टी, सरकार र सबैको ध्यान जान आवश्यक रहेको बताए । उनले आफ्नो तर्फबाट रंगशाला निर्माण गर्न पूरा सहयोग गर्ने प्रतिवद्धतासमेत बजाए ।  
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending