आधुनिक युगमा प्राकृतिक पुल, हेर्न हजारौं पर्यटककाे घुइचाे
कार्तिक २१ गते, २०७५ बुधवार 7th November, 2018 Wed१२:४२:३८ मा प्रकाशित
पोखरा।विश्व एक्काइसौँ शताब्दी आइपुग्दा पनि आधुनिक युगमा प्राकृतिक पुलले सेवा पु¥याएको छ भन्दा जो कोहीलाई अचम्म लाग्न सक्दछ तर त्यस्तो पुल हेर्न पर्यटकीय नगरी पोखरा आए पुग्दछ ।
समुद्री सतहबाट लगभग आठ सय मिटरको उचाइमा अवस्थित पोखराको उत्पत्तिको समग्र इतिहाससँग जोडिएको सेती नदीमाथि अवस्थित ढुङ्गा र माटोबाट बनेको हजारौं वर्ष पुरानो प्राकृतिक पुल अहिले पनि अध्ययन एवं अनुसन्धानसहित उजागरको पर्खाइमा छ ।
पोखराको दक्षिणी भेगमा अवस्थित लगभग ३०० फिट गहिराइ रहेको नदीमाथि ९० फिट लम्बाइ र २० फिटको चौडाइमा पिरामिड आकारमा उक्त प्राकृतिक पुल रहेको छ ।
सो पुलबाट शुरुका दिनमा सबै खाले यातायातका साधान ओहोरदोहोर गरेपनि विगत तीन–चार वर्षदेखि साना साधनलाई मात्र अनुमति दिइएको छ । पुरातात्विक महत्व बोकेको आश्चर्यलाग्दो प्राकृतिक वरदानप्रति सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा ओझेलमा परेको पुलको संरक्षण, सम्बद्र्धन र विकासमा यतिखेर स्थानीयवासीले सक्रियता देखाएका छन् ।
पोखरा महानगरपालिका–१७ महतगांैडा र वडा नं १५ को टुटुङ्गालाई जोड्ने सेती नदीमाथि अवस्थित उक्त प्राकृतिक पुलको बारेमा जानकारी प्रदान गर्दै आन्तरिक एवं बाह्य पर्यटनमा जोड दिने उद्देश्यले स्थानीय समाजसेवी नरेन्द्र गिरीको अध्यक्षतामा ढुङ्गेसाँघु पर्यटन प्रवद्र्धन समितिसमेत गठन गरिएको छ ।
पोखरा उपत्यकाको इतिहासको अध्ययन, अवलोकन तथा पुरातात्विक महत्वको स्थलका रुपमा विकास गरी आन्तरिक एवं बाह्रय पर्यटक प्रवद्र्धन गर्ने सोचका साथ समितिले आफ्नो सक्रियता अगाडि बढाएको समितिका अध्यक्ष गिरीले जानकारी दिए ।
उहाँका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन मन्त्रालयद्वारा विनियोजित रु २५ लाखको लागतमा प्राकृतिक पुल संरक्षण, दृश्यावलोकन केन्द्र निर्माण, टिकट घर, प्रवेशद्वार, मन्दिर संरक्षण, तारबार, शौचालय र सुरक्षा घरलगायतका विभिन्न भौतिक संरचना तयार गरिएको छ ।
प्राकृतिक पुलको भू–बनोटको दृश्यवलोकनका साथै दक्षिण–पूर्वतर्फ अवस्थित सानो जङ्गलभित्र रहेको महादेव मन्दिरसम्म पुग्ने बाटो निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उहाँले पुलको भारवहन क्षमताको पहिचान गरी यातायातका साधन सञ्चालन गर्ने समितिको योजना रहेको जानकारी दिए ।
सेती नदीको दायाँबायाँ भागको दुवै किनाराबाट जमीन धाँजा फाँटेर एकैतर्पm ढलेका ठूल्ठूला चट्टान एकापसमा जोडिएको र पिँधमा सेती नदीको चिसो पानीले रेटेर निकास बनाएपछि माथिल्लो भागले पुलको आकार लिएको हुनसक्ने भूगोलविद् प्रा डा कृष्ण केसीको अनुमान छ ।
उहाँका अनुसार माछापुच्छ«े र अन्नपूर्ण हिमालको आसपासमा रहेका हिमताल फुट्दा सेती नदीमा आएको बाढीले बगाएर ल्याएको ढुङ्गा, बालुवा, माटो, लेदोसहितको वन जङ्गलका अवशेषका कारण पोखरा उपत्यकाको उत्पत्ति भएको र सोही अवधिमा सो पुल बनेको अनुमान गर्न सकिन्छ ।
पोखरा बजारको बीच भागबाट भूमिगत बगेको सेती नदी सो स्थानमा पुगेर खुला भएको बताउँदै उहाँले दुर्लभै पाइने प्राकृतिक पुललाई विश्व बजारमा उजागर गरी आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा जोडिनु अपरिहार्य भएको उल्लेख गरे ।
प्राकृतिक पुलको दुवैतर्फ धाँजा फाटेको स्थानमा झण्डै तीन किमीको दूरी फुस्रेखोलाबाट सामूहिकरुपमा बोकेर ल्याएका ढुङ्गाका लामा लामा छपनी राखेर मानिस तथा गाईवस्तुलाई आवतजावतमा सुविधा पुगेको स्थानीय ज्येष्ठ नागरिक चन्द्रकान्त भण्डारीले बताए ।
“धाँजा फाँटेको स्थान फड्केर पार गर्नुपर्ने भएको कारण विगतमा खसेर धेरैले ज्यान गुमाउनु परेको थियो”, उनले भने, “यस क्षेत्रका देवीदेवताको शक्तिले नै पुल अहिलेसम्म अडिएको छ ।”
पुलको पूर्व दक्षिणको भागमा झण्डै दुई फिट तल सानो जङ्गलभित्र पूजाका सामग्री रहेको र कहिलेकाहीँ शङ्ख, घण्टको ध्वनि सुनिने गरेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।
प्राकृतिक पुलको दायाँबायाँ कालोपत्रे गरेर सडक निर्माण गरिए पनि जुन पुलको माथिल्लो भागमा ढुङ्गा छापेर मौलिकतालाई जीवित राख्न पहल भएको अर्का स्थानीय बासिन्दा कर्णाखर भण्डारी बताउछन् ।
नेपाल पर्यटन बोर्डले तयार पारेको यस क्षेत्रका पर्यटकीयस्थलको नक्सालाई पुनरावलोकन गरी विश्वमै दुर्लभ मानिने प्राकृतिक पुललाई थप गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा पर्यटन व्यवसायमा आबद्ध सङ्घसंस्थाको जोड छ ।
ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सो प्राकृतिक पुलको दायाँबायाँ भौतिक संरचना निर्माण, सेती नदीस्थित सीताघाटबाट जथाभावी नदीजन्य वस्तुको दोहन तथा प्राविधिक जाँच बिना यातायातका साधन सञ्चालनले कमजोर बन्दै गएका कारण यसको तत्काल संरक्षण गरिनुपर्नेमा सरोकारवाला एवं विज्ञको सामूहिक धारणा छ । रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: