मंसिर १० गते, २०७५ सोमवार 26th November, 2018 Mon१४:२२:१३ मा प्रकाशित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा अघि बढाउने भएको छ । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भए पनि राम्रोसँग सञ्चालन हुन नसकेकाले त्यस्ता क्याम्पसलाई अनुदान थालेको हो ।
त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदीशकुमार पोखरेलले उक्त प्रणाली व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि क्याम्पसलाई प्रोत्साहन दिन थालिएको बताए । त्रिविले भौतिक पूर्वाधारविना स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सञ्चालन गरेकाले आलोचना हुँदै आएको थियो । स्नातकोत्तर तहमा विसं २०७१ बाट केन्द्रीय क्याम्पसमा र विसं २०७२ बाट उपत्यकाका आङ्गिक क्याम्पसमा उक्त प्रणाली शुरु गरेको त्रिविले यस वर्षदेखि देशभरि नै लागू गरेको छ । सेमेस्टर प्रणाली सञ्चालन भए पनि शैक्षिक क्यालेण्डरअनुसार समयमा पढाइ, परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशित हुने गरेको छैन ।
त्रिविले ‘उच्च शिक्षा सुधार परियोजना’मार्फत सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने भएको हो । कार्यकारी प्रमुख पोखरेलले प्राध्यापकलाई तालीमदेखि भौतिक पूर्वाधारसम्मका लागि हरेक वर्ष सेमेस्टर पढाउने आङ्गिक क्याम्पसलाई रु एक लाखदेखि रु १५ लाखसम्म उपलब्ध गराउने जानकारी दिए ।
यस्तै त्रिविले सेमेस्टर प्रणाली सञ्चालन गर्ने डीन कार्यालयलाई रु चार लाख, प्रत्येक क्याम्पसलाई रु एक लाख ५० हजार र प्रत्येक कार्यक्रमका लागि रु पाँच लाख उपलब्ध गराउनेछ । यस्तै विज्ञान सङ्काय पढाउने क्याम्पसलाई प्रतिवर्ष रु तीन लाख र प्रतिसेमेस्टर रु १५ लाख उपलब्ध गराउने योजनाका कार्यकारी निर्देशक पोखरेलले जानकारी गराए । शुरुमा त्रिविले विसं २०३० मा शुरु गरेको मेस्टर प्रणाली २०३७ सम्म चलेको थियो । उच्च शिक्षा सुधार परियोजना प्रमुख रामचन्द्र पोखरेलले उक्त र प्रणाली सञ्चालन गर्दा कुनै समस्या नआओस् भनेर प्रोत्साहनस्वरुप अनुदान दिएको जानकारी गराए।
उनका अनुसार काठमाडौँ उपत्यकाका आङ्गिक क्याम्पसलाई भने अनुदान दिन थालिसकेको छ ।
विश्वविद्यालय अनुदान आयोगले भने स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गर्ने सामुदायिक क्याम्पसलाई पनि अनुदान दिने भएको छ । आयोगका प्रशासकीय अधिकृत कपिल रिसालले सेमेस्टर प्रणाली सञ्चालन गर्ने सामुदायिक क्याम्पसलाई पहिलो पटक अनुदानस्वरुप कार्यक्रम हेरेर रु पाँच लाखदेखि रु १५ लाखसम्म दिइने जानकारी गराए ।
आयोगले अनुदानका लागि सेमेस्टर प्रणाली सञ्चालन गर्ने क्याम्पसको प्रस्ताव माग गरेको छ । “हामीले सेमेस्टर प्रणाली सञ्चालन गर्ने सामुदायिक क्याम्पसलाई कुन कुन कार्यक्रम सञ्चालन गरेका छौ भनेर प्रस्ताव माग गरेका छौँ”, उनले भने, “प्रस्ताव आएका क्याम्पसको मूल्याङ्कन समितिबाट छानबिन गरेर चाँडै नै अनुदान उपलब्ध गराउँछौँ ।” अहिलेसम्म ६५ वटा सामुदायिक क्याम्पसले आवेदन दिएको उनले जानकारी गराए ।आयोगले १२२ सेमेस्टर कार्यक्रमलाई अनुदान दिने भएको छ ।
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: