Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

विवाद चर्केपछि तेक्वान्दोको दुवै सङ्घ विघटन हुने

\"\"काठमाडौँ। लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी शुरु गरेको छ । परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो सङ्घ ९नेपाल०को विघटन प्रक्रिया अगाडि बढाएको हो । खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म दुई सङ्घबीच विवाद आएपछि सङ्घलाई कात्तिक २७ गते परिषद्ले विवाद सल्टाउन सातदिने पत्र काटेको थियो । पत्रमा राखेपले समान हैसियत र अस्तित्वमा रहेका दुवै सङ्घलाई मिलेर जान अल्टिमेटम दिएको उल्लेख छ । राखेपले दुवै सङ्घलाई लेखेको पत्रमा दुवै सङ्घ मिल्न नसकेको अवस्थामा माघमा आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूदको जिल्ला, प्रदेश र केन्द्रीय छनोट प्रभावित हुने उल्लेख छ । आठौँ राष्ट्रिय खेलकूद आगामी माघ २२ गतेदेखि आयोजना हुने तय भएको छ । राखेपको ११०औँ बोर्ड बैठकले दुई तेक्वान्दो सङ्घलाई आपसी छलफल गरी विवाद समाधान गराउन निर्णय भएको र सो निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको थियो । अहिले विश्व तेक्वान्दो महासङ्घले सम्बन्धन दिएको प्रकाश शम्शेर राणा नेतृत्वको नेपाल तेक्वान्दो सङ्घ र शिव कोइराला नेतृत्वको नेपाल तेक्वान्दो युनियन अस्तित्वमा छन् । दुवै सङ्घ अहिलेसम्म सकारात्मक नदेखिँदा तेक्वान्दोको विवाद सधैँका लागि समाप्त पार्न विघटन नै गर्नुपर्ने अवस्था आएको परिषद् स्रोतले जनाएको छ । परिषद्का सदस्य सचिव केशवकुमार विष्टले दुवै सङ्घका पदाधिकारीलाई आपसी छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दै भने, “उनीहरूबीच जुँगाको लडाइँ चलिरहँदा परिषद् चुप लागेर बस्दैन । हामी कठोर निर्णय लिन बाध्य हुन्छौँ । अझै पनि दुई सङ्घका पदाधिकारीबीच छलफल होस् भन्ने चाहन्छौँ ।” सहमतीका लागि दुई महीना समय दिन सकिने उनको भनाइ थियो । “त्यसपछि पनि उनीहरूले केही निकास दिनुभएन भने हामी दुवै सङ्घ विघटन गछौँ, परिषद्लाई विघटनको अधिकार छ,” राखेप सदस्य सचिव विष्टले भने । कोइराला अध्यक्ष रहेको सङ्घले विवाद सल्टाउन पाँच सदस्यीय वार्ता टोली गठन गर्दा राणा पक्षले भने परिषद्को पत्रका सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन । नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोखरेलले राजनीतिक भ्रातृसंस्थासँग एकता नहुने बताए । “विसं २०३८ देखि खेल र खेलाडीको विकासमा लागेको हामीलाई राजनीतिकरुपमा अर्को संस्था जन्माइ विवादमा ल्याउन खोजियो, विघटन गरे अदालत जान्छौँ”, उनले भने । राखेपको पत्रपछि दुई चरणमा युनियनसँग वार्ता गरे पनि समाधान ननिस्केको उनको भनाइ छ । नेपाल तेक्वान्दो युनियनका अध्यक्ष कोइरालाले दुई सङ्घ हुुनु कुनै नौलो कुरा नभएको बताउछन् । सङ्घको एकाधिकार तोड्न आफूहरूले युनियनलाई अस्तित्वमा ल्याएको उनी बताउछन् । “राखेपले पत्र पठाएको छ, राखेपकै पत्रको सम्मान गर्दै हामीले मेरै नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेका छौँ, राखेपको निर्देशन स्वीकार्नु विकल्प छैन”, उनले भने । एशियाली खेलकूद प्रतियोगितामा ऐतिहासिक पहिलो रजत, दक्षिण एशियाली खेलकूदमा सर्वाधिक स्वर्ण जित्ने तथा छनोट चरण पार गरी ओलम्पिक खेलमा सहभागिता जनाउने खेल तेक्वान्दो हो । पछिल्लो समय दुई समानान्तर सङ्घ रहँदा यो विवादित बनिरहेको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies