Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

नेपापल टेलिकमकाे एसईई अफर

खबरडबली संवाददाता

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ।

यस अफर अन्तर्गत विद्यार्थीहरूलाई नयाँ सिमकार्ड उपलब्ध गराइनेछ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरूले पनि सोही नम्बरमा उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।

यो अफर आज २०८२ चैत २६ गतेदेखि सुरु भई २०८३ असार २६ गतेसम्म उपलब्ध रहनेछ।

नयाँ सिमकार्ड र प्रारम्भिक सुविधा

विद्यार्थीहरूले २० रुपैयाँमा नयाँ सिमकार्ड देशभर रहेका नेपाल टेलिकमका कार्यालयहरूबाट प्राप्त गर्न सक्नेछन्। सिम सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न सुविधा उपलब्ध हुनेछन्।

नयाँ सिमकार्डमा मुख्य बाँकी रकमका रूपमा उपलब्ध हुने ९ रुपैयाँ ८० पैसाबाट जुनसुकै सञ्जालमा कल गर्न, सन्देश पठाउन वा तथ्यांक सेवा प्रयोग गर्न सकिनेछ।

एसईई प्याकेज २०८२ अन्तर्गत दैनिक सुविधा ३० दिनसम्म प्रतिदिन निम्न सुविधा उपलब्ध हुनेछः

नेपाल टेलिकमकै सञ्जालभित्र २० मिनेट कुराकानी, १० वटा सन्देश, ५०० एमबी तथ्यांक प्रत्येक दिन प्राप्त हुने सुविधा सोही दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ।

रिचार्ज गर्दा थप सुविधा

५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचारर्ज गर्दा प्रत्येकपटक: ५०० एमबी डाटा, नेपाल टेलिकम सञ्जालभित्र ५० मिनेट कल,५० वटा सन्देश उपलब्ध हुनेछ । पुनःरिचार्जबाट प्राप्त सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ।

सिम प्राप्त गर्ने प्रक्रिया

नयाँ सिम लिन परीक्षार्थीले:  एसईई प्रवेशपत्र वा कक्षा १० को अंकपत्रको प्रतिलिप, एक प्रति फोटो
आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य सरकारी परिचयपत्रको प्रतिलिपि संलग्न गरी फाराम भर्नुपर्नेछ।

सिम सक्रिय गर्न १४१५ डायल गर्नुपर्नेछ। त्यसपछि अफर प्राप्त गर्न १४१९ डायल गरी निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ।

पहिले नै प्रयोग भइरहेको सिममा अफर लिन १४१९ डायल गरी निर्देशनअनुसार एसईईको संकेत नम्बर लेखी पठाउनुपर्नेछ । साथै विक्रम संवत अनुसार जन्म मिति उल्लेख गरी पठाउनुपर्ने व्यवस्था गरिएको छ। सबै विवरण प्रमाणित भएपछि मात्र अफर उपलब्ध हुनेछ।

गत वर्ष पनि कम्पनीले यस्तै अफर उपलब्ध गराएको थियो। विद्यार्थीहरूको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै यस वर्ष पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending