Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा

दार्चुला । नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको र यो महिना चार पुरुषले यस्ता मुद्दा मुद्दा दर्ता गराएको डिठ्ठा लक्ष्मीदत्त पन्तले जानकारी दिए । यस्तो मुद्दा दर्ता गराउनेमा वैदेशिक रोजगारीबाट घर फर्किएका तीन एक काठमाडौँमा गैरसरकारी संस्थामा कार्यरत पुरुष छन् । मुद्दा दर्ता गराउनेमा महाकाली नगरपालिकाका दुई, मालिकार्जुन गाउँपालिकाका एक तथा दुहुँ गाउँपालिकाका एक पुरुष रहेको अदालतले जनाएको छ । जिल्लाका अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाने गर्छन् । पति वैदेशिक रोजगारीमा गएपछि पत्नी भने बालबच्चा पढाउन भन्दै सदरमुकाममा बस्ने र बजारको रहनसहनले परिवर्तन खोज्ने हुँदा पतिले कमाएको रकमले नपुगेपछि विकल्प खोज्दै गएपछि अन्तमा दुवैबीच सम्बन्धविच्छेदको अवस्थासम्म आइपुग्छ । मुलुकी संहिताको परिच्छेद ३ को धारा ९४ मा पतिले पनि सम्बन्धविच्छेद गर्न सक्ने प्रावधान भएकाले पुरुषले पनि मुद्दा दर्ता गराएका हुन् । नयाँ संहिता लागू भएपछि जिल्ला अदालतमा सम्बन्धविच्छेदको लागि मुद्दा दिनेको सङ्ख्या पनि बढेको छ । गत आवमा १४ थान सम्बन्धविच्छेदका मुद्दा परेकामा यस आवको भदौयता मात्रै १२ थान यस्ता मुद्दा दर्ता भएको डिठ्ठा पन्त बताउछन् । पति र पत्नीबीच हुने सम्बन्धविच्छेदका कारण तिनीहरुका बालबालिकामा समस्या हुने गरेको छ । आमाबुबाले सम्बन्धविच्छेद गर्दा साना बालबच्चामा मानसिक असर पर्ने गरेको जिल्ला वार एशोसिएशनका अधिवक्ता धीरेन्द्र साउद बताउछन् । महिला अधिकारकर्मी गौरी बडाल सम्बन्धविच्छेद हुनुमा महिला पुरुष दुवैमा विश्वासको वातावरण बन्न नसक्नु रहेको बताउनुहुन्छ । दुबै जना कामको सिलसिलामा अलग बस्दैमा अविश्वास उत्पन्न हुने हैन तर दुवैले एक अर्काप्रति विश्वास जगाउन नसक्नु समस्या हो । पछिल्लो समय सामाजिक सञ्जाल, मोबाइल, इन्टरनेटजस्ता कारणले सम्बन्धविच्छेका घटना बढी देखिएको उहाँको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy