Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

हत्या गरिएको नन्दबहादुरको शव परिवारले बुझ्न मानेन

घोराही। घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्ती मगरको परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेको छैन । बिहीबार बेलुका हत्या भएलगत्तै एक जनालाई पक्राउ गरिए पनि घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै पीडित परिवारले शव बुझ्न नमानेको हो । व्यवसायी मगरको हत्या अभियोगमा रोल्पा तालावाङ घर भई हाल घोराही– १३ बासबोटमा घर बनाउँदै गरेका अमर खत्री पक्राउ परेका छन् । पीडित परिवार र आफन्तले भने घटनाको प्रकृति हेर्दा एक्लैले मात्रै हत्या नगरेको भन्दै प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन् । अनुसन्धानको दायरा बढाएर पीडितलाई आश्वस्त पार्नुपर्ने र दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने मृतककी श्रीमती सुमित्राले माग गरेका छन् । अभियुक्त खत्री बस्दै आएका घरबेटीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने पीडित परिवारको माग छ । हत्याको कारण रकम लेनदेनको विषय मात्रै नहुन सक्ने भन्दै उनीहरुले प्रभावकारी अनुसन्धान गर्न प्रहरीको ध्यानाकर्षण गर्दै आएका छन् । अपराधमा खत्री मात्रै अहिलेसम्म संलग्न देखिएको भन्दै थप अनुसन्धानको पाटालाई पनि अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकासँग सोधपुछसँगै टेलिफोनको कल डिटेलमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कको माथिल्लो पुल नजीकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका मगरको बिहीबार बेलुका घोराही १३ दूधेसोतामा हत्या भएको थियो । उनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव परीक्षण गृहमा राखिएको छ । र याे पनि गए राति नन्दबहादुर पुनको हत्या
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy