Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

धितोपत्र बजार सम्बन्धी अध्ययन गराउन बोर्डको आग्रह

काठमाडौँ ।  पूँजी बजारको विस्तार तथा विकासका लागि विद्यालय तथा विश्वविद्यालयतहमा धितोपत्र बजारसम्बन्धी विषय पाठ्यक्रममा राखेर अध्ययन अध्यापन गराउन नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । बोर्डका प्रवक्ता नीरज गिरीले माध्यमिक र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा धितोपत्र बजार सम्बन्धी विषयवस्तु समावेश गर्न आग्रह गरिएको जानकारी दिए । बोर्डले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून सङ्काय, डीनको कार्यालय र पूर्वाञ्चल, पोखरा, मध्य पश्चिमाञ्चल र काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टलाई आग्रह गरेको छ । लोकसेवा आयोगलाई समेत धितोपत्र बजार सम्बन्धी विषयलाई आफ्ना पाठ्यक्रमममा समावेश गर्न आग्रह गरेको बोर्डको भनाइ छ । सरकारले वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारमा आम जनताको सहभागितालाई प्रोत्साहन गर्ने रणनीति लिएको छ । बोर्डको चालू आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममासमेत उक्त विषय समावेश गरिएको छ । देशका ७७ जिल्ला र ७५३ स्थानीय तहमध्ये करीब ७०० तहमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगेको छ । धितोपत्रको दोस्रो बजार नयाँ स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा आइसकेको छ । नेपालको धितोपत्र बजार विस्तार हुने क्रममा रहेको र नेपालको बजार देशको समग्र वित्तीय प्रणालीको अभिन्न अङ्ग भएकाले पनि अध्ययन अध्यापन गराउनु जरुरी रहेको बोर्डको भनाइ छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy