Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

सफ्टवेयरले बनाएको पाइचार्ट प्रधानमन्त्रीले हेर्न थालेपछि मन्त्रीहरू दबाबमा, यी मन्त्रालयको अपडेटनै भेटिएन

काठमाडौं। मन्त्रालयका तर्फबाट प्रधानमन्त्रीसमक्ष प्रस्तुत चौमासिक लक्ष्य कति पूरा भयो रु प्रधानमन्त्री कार्यालयले पाइचार्ट बनाएर अनुगमन गरिरहेको छ, आफैंले निर्धारित गरेको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा गरेका छैनन् । यो खबर आजको नयाँपत्रीकामा छ - प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको चौमासिक रिपोर्ट कार्ड अनुगमन गरिरहेका छन् । निर्धारित समयमा कति काम हुन सक्छ भनेर उनले मन्त्रालयहरूबाट प्रतिबद्धता मागेका थिए । आफैंलले प्रस्तुत गरेको लक्ष्य मन्त्रालयले कति पूरा गरे भन्ने मूल्यांकन प्रधानमन्त्री कार्यालयको सफ्टवेयरले गरिरहेको छ । सफ्टवेयरले अद्यावधिक गरिरहेको पाइचार्ट प्रधानमन्त्रीले आफ्नो ट्याबलेटमा हेरिरहेका छन् । तर, प्रधानमन्त्रीलाई दिएको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा गर्न सकेका छैनन् । प्रधानमन्त्रीको अनुगमनले मन्त्रीमाथि नैतिक दबाब सिर्जना गरिरहेको छ । किनकि, आफैँले तोकेको लक्ष्यअनुसार कति काम गर्न सकियो भन्ने मन्त्रालयले नै सफ्टवेयरमा भर्नुपर्छ । ‘यो पाइचार्ट हामीले बनाएको होइन । सम्बन्धित मन्त्रालयका सचिवले स्वयं मूल्यांकन गरेबापत सफ्टवेयरबाट पाइचार्ट बन्छ,’ महाशाखाका सहसचिव यमलाल भुसालले भने, ‘प्रधानमन्त्रीज्यूले आफ्नो ट्याबलेटबाट मन्त्रालयको पर्फर्मेन्स हेरिरहनुभएको हुन्छ । त्यसो हुँदा आफैँले गर्छु भनेको काम पनि नगर्दा मन्त्रीज्यूहरू नैतिक दबाबमा पर्नुहुन्छ ।’ मन्त्रालयहरूले लक्ष्यअनुसार काम गर्न नसकेको पाइचार्टमा देखिएको भुसालले बताए । उनले प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रालयको अनुगमनलाई प्रभावकारी बनाउने र कमी–कमजोरीलाई सल्टाउन सहयोग गर्ने बताए । रातो रङ बढी देखिएको मन्त्रालयको अनुगमनमा ध्यान दिने उनको भनाइ छ । धेरै रातो रङ लिएर बस्ने मन्त्रालयलाई प्रधानमन्त्रीको कार्यालयले पनि प्रश्न गर्ने भुसालले बताए । तीन रङः तीन अर्थ मन्त्रालयको कामका आधारमा सफ्टवेयरले फरक–फरक रङ देखाउँछ । मन्त्रालयले मासिक वा चौमासिक रूपमा लिएको लक्ष्यअनुसार काम भएको छ भने हरियो रङ देखिन्छ । लक्ष्यअनुसार काम सकिएको छैन, तर कामको प्रक्रिया चलिरहेको भए पहेँलो रङ देखिन्छ । लक्ष्यअनुसार कामको प्रक्रिया पनि सुरु नगर्ने मन्त्रालयको रातो रङ लाग्छ । लक्ष्यअनुसार काम सम्पन्न भएपछि सचिवले मन्त्रालयबाटै सफ्टवेयरमा ५ स्टार दिन्छन् । ५ स्टारले पाइचार्टको रङ बदल्छ । जस्तै स् एक वर्षभित्र भवन बनाउन पहिलो चौमासिकमा बोलपत्र आह्वान गर्ने लक्ष्य राखिएकोमा सोहीअनुसार काम भएको भए त्यस कामबापतको ५ स्टार दिइन्छ । तर, त्यसपछिको काम लक्ष्यअनुसार भएन भने हरियो रङको प्रतिशत घट्छ, पहेँलोको बढ्छ । मन्त्रालयले गरेको कामका आधारमा रङ बदलिन्छ । रङअनुसार कुन मन्त्रालयले कति काम गरिरहेको छ भन्ने देखिन्छ । स्वास्थ्य मन्त्रालयको अपडेट भेटिएन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा मन्त्रालयहरूको नीति तथा कार्यक्रम, बजेट र अनुगमन गर्न सञ्चालित प्रणालीमा स्वास्थ्य मन्त्रालयको तथ्यांक भने प्राविधिक कारणले स्पष्ट हुन सकेन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending