Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

पार्टी एकता टुंग्याउन नेकपामा कार्यदल गठन

काठमाडाैं । विवाद र आलोचना भएपछि नेकपाको स्थायी समिति बैठक १४ दिन लम्बियो । पार्टी अध्यक्षद्वयको प्रतिवेदन र प्रधानमन्त्री केपी ओलीको नेताहरूले खुलेर आलोचना गरे । ओलीले पार्टी र सरकारमा गल्ती गरेको औँल्याउँदै आत्मालोचना गर्नुपर्ने माग गरे, अध्यक्षको राजनीतिक प्रतिवेदनमा पनि आपत्ति जनाए । अन्ततः परिमार्जन गर्ने प्रतिबद्धतासहित प्रतिवेदन पारित गर्दै शुक्रबार बैठक सकिएको छ । बैठकले पार्टी एकताका बाँकी काम सकाउन कार्यदल गठन गरेको छ । ओली–प्रचण्डको दस्ताबेज परिमार्जनसहित पारित अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेस गरेको राजनीतिक दस्ताबेज परिमार्जनसहित पारित भएको छ । २९ मंसिरदेखि सुरु स्थायी समिति बैठक विवादका कारण लम्बिँदै शुक्रबार सकिएको हो । बिहीबारको बैठकमा अध्यक्षको दस्ताबेज जस्ताको तस्तै पारित गर्न खोजेपछि नेताहरू वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेका थिए । उनीहरूले उठाएका विषय दस्ताबेजमा समेट्न शीर्ष नेता प्रतिबद्ध भएपछि शुक्रबारको बैठकले पारित गरेको हो । ‘ओली–प्रचण्डजीले दस्ताबेज परिमार्जन गर्ने भनेपछि बैठकबाट पारित भयो,’ नेता लीलामणि पोखरेलले भने, ‘तर, कुन–कुन विषयलाई परिमार्जनसहित दस्ताबेजमा समेट्ने भन्ने बुँदागत सहमति भने भएको छैन ।’ एसिया प्यासिफिक समिटमा प्रधानमन्त्रीको उपस्थिति र सरकारको संलग्नताबारे बैठकमा चर्को आलोचना भएको थियो । यो प्रसंगमा कमजोरी भएको आशय दस्ताबेजमा समेट्ने सहमति भएको छ । आगामी दिनमा पार्टी र सरकारले गल्ती नदोहो(याउने विषयमा सहमति भएको पोखरेलले बताए । अब दस्ताबेज परिमार्जनसहित अध्यक्षद्वयले सचिवालय बैठकमा पेस गर्नेछन् । सचिवालयबाट पारित भएपछि प्रतिवेदनले पार्टी दस्ताबेजको रूप पाउनेछ । न्यूनतम कार्यक्रम जनताको जनवाद कि समाजवाद भन्ने बहस शुक्रबारको बैठक पार्टीको सैद्धान्तिक विषयमा केन्द्रित भएको थियो । पार्टीको न्यूनतम कार्यक्रम जनताको जनवाद हुने कि समाजवाद भन्ने बहस भएको नेता लीलामणि पोखरेलले बताए । माओवादी पक्षले हेटौँडा महाधिवेशनमा पारित सामाजिक कार्यक्रमलाई पार्टीको न्यूनतम कार्यक्रम बनाउनुपर्ने अडान लिएको छ । तर, तत्कालीन एमाले नेताहरू जनताको जनवादको पक्षमै छन् । खासगरी अध्यक्ष ओली पक्ष यो अडानमा अडिग छ । माधव नेपाल पक्षका नेता पनि ससमाजवादी कार्यक्रमकै पक्षमा छन् । सैद्धान्तिक विषय प्रवेश भएपछि एक दर्जन नेताले आ(आफ्नो धारणा राखेका थिए । ओली–प्रचण्डको दास्ताबेजमा न्यूनतम कार्यक्रम जनताको जनवाद ९यो समाजवादउन्मुख छ० भन्ने उल्लेख छ भने अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद उल्लेख छ । तर, सहमति नै नभएको विषय प्रतिवेदनमा उल्लेख भएको भन्दै आलोचना भएको छ । अन्त्यमा अहिलेका लागि पार्टी एकताको क्रममा भएको सहमतिअनुसार नै न्यूनतम कार्यक्रम बनाउने सहमति नेताहरूले गरेका छन् । फागुन र चैतमा जनसभा गर्ने पार्टी एकतालाई पूर्णता दिएपछि फागुन र चैतमा देशका विभिन्न ठाउँमा आमसभा गर्ने तयारी रहेको नेकपा स्थायी समिति सदस्य मणि थापाले बताए । ‘पार्टी एकता भएपछि जनस्तरसम्म सन्देश जाने गरी आमसभा भएका छैनन्,’ थापाले भने, ‘विभिन्न कारणले पार्टी एकतामा ढिलाइ भएकाले फागुन र चैतमा देशका विभिन्न ठाउँमा जनसभा गर्ने तयारी छ ।’ पार्टी एकढिक्का भएको सन्देश दिन जनपरिचालनसहित आमसभा गर्ने तयारी रहेको थापाले बताए । स्थायी समिति बैठक पूर्वमाओवादीलाई नौलो यसपटकको स्थायी समिति बैठक पूर्वमाओवादीका लागि भने नौलो भयो । बैठकमा अध्यक्षको व्यापक आलोचना भएपछि उनीहरू अचम्ममा परे । ‘माओवादीमा अध्यक्षको आलोचना भए पनि भद्र रूपमा हुन्थ्यो । यसरी आमनेसामने चर्काचर्की हुँदैनथ्यो,’ एक नेताले भने, ‘पूर्वएमालेका नेताहरूले त अध्यक्षलाई भन्नुजति भने । तपाईं बढ्ता बोल्ने बनाउँदै हुनुहुन्छ, निरंकुश ढंगले पार्टी चलाउन पाउनुहुन्न भन्दै आलोचना गरे ।’ ९ सदस्यीय कार्यदल बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेले नेतृत्वको ९ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलको संयोजकमा महासचिव पौडेल र सदस्यहरुमा रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल सदस्य रहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy