Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

सरकारको कामप्रति आङ्देम्बेको प्रश्न : ‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?’

खबरडबली संवाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलन र निर्वाचनबाट बनेको बालेन नेतृत्वको सरकारप्रति युवाले राखेको आशा र अपेक्षा पूरा हुन नसकेको बताएका छन्। सरकारका प्रतिबद्धता कार्यान्वयनमा नआएपछि युवाहरू फेरि निराशातर्फ फर्किन थालेको उनको टिप्पणी छ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले रोजगारी सिर्जना, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्।

उनले देशमै स्वरोजगार बनेर बसेका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलसम्मले गरेको आत्मदाहका घटनालाई युवामा बढ्दो निराशाका गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

सरकारलाई लक्षित गर्दै आङ्देम्बेले प्रश्न गरेका छन्, ‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो रु उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?’

उनले निर्वाचनअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपाली युवालाई स्वदेश फर्काउने तथा देशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको पनि स्मरण गराएका छन्।

आङ्देम्बेका अनुसार चुनावअघि अमेरिका, क्यानडा र युरोपका विभिन्न देशमा पुगेर लामिछानेले सरकार बनेको १०० दिनभित्र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए। तर सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई स्वदेश फर्काउन नसकिएको उनको आरोप छ।

‘चुनावअघि अमेरिका, क्यानडा र युरोपका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा सत्तारूढ दलकै नेतृत्वले गरेका थिए, जुन कुरा युवाजनले बिर्सिएका छैनन्,’ आङ्देम्बेले भनेका छन्।

उनले युवालाई निर्वाचनका बेला मतदान गर्ने समूहका रूपमा मात्र नहेरी राष्ट्र निर्माणको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।

विदेशबाट स्वदेश फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मुलुकको विकासमा उपयोग गर्न ‘रिटर्नी युवा उद्यमशीलता’सम्बन्धी ठोस नीति आवश्यक रहेको उनको धारणा छ। विदेशबाट फर्किएका युवालाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा स्थापित गर्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनी सरकार गठनमा मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले र नेकपाले नेकपा मसालसँग दुईबुँदे सहमति गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संय...

बैंककबाट १८ किलो गाँजा बोकेर काठमाडौं आएका दुई भारतीय पक्राउ

काठमाडौं । थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर...

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् ।  ...

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...

सरकारको कामप्रति आङ्देम्बेको प्रश्न : ‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलन र निर्वाचनबाट बनेको बालेन नेतृत्वको सरकारप्रति युवाले...

दुई बहालवाला सचिवको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वसचिव कमल...

भित्र बहस चलिरहँदा अदालत बाहिर मिटरव्याज पीडितले गरिन् आत्मदाहको प्रयास

जनकपुरधाम । भित्र बहस चलिरहँदा धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन...

सांसदको भूमिका प्रभावकारी बनाउन रास्वपाले फेरि तीनदिने प्रशिक्षण दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना ग...

भारत र चीनसँगको सम्बन्धमा प्रधानमन्त्री शाहको नयाँ कूटनीतिक शैली

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending