काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा। शशांक कोइरालाबीच भेटवार्ता भएको छ। आगामी शुक्रबार काठमाडौंको सुकेधारामा आयोजना हुन लागेको कांग्रेसको राष्ट्रिय भेलालाई केन्द्रमा राखेर उनीहरूबीच छलफल भएको हो।
बुधबार बिहान गल्फुटारस्थित खड्काको निवासमा भएको भेटवार्तामा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउद पनि सहभागी थिए।
कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको मूल आयोजक समिति संयोजकको जिम्मेवारी पूर्वमहामन्त्री कोइरालाले पाएका छन्। सोही तयारीका क्रममा कोइराला खड्कालाई भेट्न उनको निवास पुगेका हुन्।
कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार भेटवार्तामा खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरिएको थियो। कोइरालाको आग्रहप्रति खड्काले सकारात्मक धारणा व्यक्त गरेको तिवारीले जानकारी दिए।
पछिल्लो समय खड्का संस्थापन इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा उपस्थित नभएपछि उनको राजनीतिक भूमिकालाई लिएर कांग्रेसभित्र विभिन्न अड्कलबाजी हुँदै आएको थियो। यहीबीच कोइराला र खड्काबीच भएको भेटवार्ता तथा भेलामा सहभागी हुन गरिएको आग्रहलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
शुक्रबार सुकेधारामा हुने राष्ट्रिय भेलामा कांग्रेसको वर्तमान राजनीतिक अवस्था, पार्टीभित्रको संगठनात्मक गतिविधि तथा आगामी रणनीतिका विषयमा छलफल हुने तयारी छ। भेलामा विभिन्न नेता तथा कार्यकर्ताको सहभागिता रहने आयोजक पक्षले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १२:५८
काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वसचिव कमल...
श्रावण २७ गते, २०८३ - १२:५०
जनकपुरधाम । भित्र बहस चलिरहँदा धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन...
श्रावण २७ गते, २०८३ - १२:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना ग...
श्रावण २७ गते, २०८३ - १२:१६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न...
श्रावण २७ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा। शशांक कोइरालाबीच भेटवार्ता भएको छ। आगामी शुक्रबार काठमाडौंको सुकेधा...
श्रावण २७ गते, २०८३ - ११:४५
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ। आगामी २९ साउनमा आयोजना हुने भेलाका लागि काठमाडौंको सुकेधारास्थ...
श्रावण २७ गते, २०८३ - ११:२२
गुल्मी। गुल्मीमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ। यस जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–१, रिडीस्थित मदन भण्डारी राजमार्ग छेउ...
श्रावण २७ गते, २०८३ - ११:०८
काठमाडौँ । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएक...
श्रावण २७ गते, २०८३ - १०:५५
लमजुङ। बुद्धिबहादुर बोहराको हत्या आरोपमा पक्राउ परेका विजय लामिछानेलाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ । घटनामा बोहराको साथब...
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...



प्रतिकृया लेख्नुहोस्: