पौष १४ गते, २०७५ शनिवार 29th December, 2018 Sat०७:०६:२७ मा प्रकाशित
ठोरी। वीरगन्ज नाकाको विकल्पका रुपमा स्थापित हुदै गएको पर्साको ठोरी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले शुक्रबार्देखि प्रथम ठोरी महोत्सव शुरु भएको छ । भारतीय पर्यटकहरुको गन्तव्य ठोरीमा शुक्रबार देखि ११ दिने ठोरी महोत्सवको आयोजना गरिएको हो ।
अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - भारतीय सीमासँंगै जोठिएको ठोरीको राइधाराको खुल्ला चौरमा आयोजित महोत्सवको शुक्रबार कृषि तथा पशुपंक्षी राज्यमन्त्री राम कुमारी चौधरीले उद्घाटन गरेकी हुन् । ठोरी गाँउपालिका कार्यालयको मुख्य सहयोगमा कपुरबोट मिडिया प्रालिले शुक्रबारदेखि आयोजना गरेको ठोरी महोत्सव पुष २३ गते सम्म चल्नेछ ।
“कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, पौष १३ देखि २३ सम्म जाऔँ है ठोरी” भन्ने मुख्य नाराका साथ ठोरीमा पहिलो पटक आयोजना गरिएको महोत्सवमा कृषि प्रदर्शनी, खना नास्ताका होटल ,बैँक तथा वित्तिय संस्था, अटोमोबाइल, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामाग्री, गार्मेन्ट, जुत्ता तथा चप्पल, निर्माण सामाग्री, हस्तकलाका सामाग्रीहरु, रेडमेड कपडा , चिल्ड्रेन फनपार्कका गरि एक सय ५० भन्दा बढी स्टलहरु राखिएका छन् ।
महोत्सवभर राष्ट्रिय, स्थानीय तथा भारतीय गरि दुइ दर्जन कलाकारहरुको मनोरन्जनात्मक एंव सांगीतिक प्रस्तुती रहने आयोजक कपुरबोट मिडिया प्रालिका संयोजक सन्तोष देउजाले जानकारी दिए ।
नेपाल र भारतका करिब एक लाख ५० हजार पर्यटकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको देउजाले बताए । उनका अनुसार ५८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सवमा करिब दुइ करोड रुपैया बराबरको आर्थिक कारोबार हुनेछ ।
‘राज्यको विभेदमा पारिएको ठोरीको पहिचान र समृद्धिका लागि महोत्सवको आयोजना गरिएको भन्दै संयोजक देउजाले भने ,‘खासगरि भारतीय पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा विकास भइरहेको ठोरी, प्रदेश–२ कै गहना हो, ऐतिहासिक, धार्मिक, साँस्कृतिक, जातिय विविधता र प्राकृतिक सौन्दर्यताको हिसावले रमणीय ठोरीलाई पर्यटकीय गन्तव्य बनाउने साध्यको रुपमा अघि बढाउन महोत्सव आयोजना गरेका हौं ।’
पर्सा जिल्लाको सन्दर्भमा महोत्सवको आयोजना सदरमुकाम वीरगन्जमै केन्द्रित भइरहेकाले ग्रामीण पर्यटनको विकासको लागि विभिन्न चुनौतीबीच पनि ठोरीको पहिचान र समृद्धिका लागि यो महोत्सव कोसेढंगा सावित हुने विश्वासका साथ महोत्सव गरिएको उनले बताए ।
पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भ जोड्ने संगम भूमि ठोरीमा गरिएको महोत्वसले समग्र तराई मधेसकै पर्यटनको विकासलाई उचाईमा पुर्याउने विश्वास लिइएको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बताए ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: