Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

पति विदेशमा, घरमा पत्नीलाई काटेर विभत्स हत्या

राजविराज । सप्तरीको सप्तकोशी नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ  । सप्तकोशी नगरपालिका–१० सन्तपुरका रमेश श्रेष्ठकी पत्नी २६ वर्षीया पदिकी शेर्पा श्रेष्ठको शव रक्ताम्य अवस्थामा शुक्रबार फेला परेको सप्तरी प्रहरीले जनाएको छ । अाजकाे अन्नपुर्ण पाेष्ट  दैनिकमा खबर छ - जेठाजु सुजन श्रेष्ठका अनुसार धारिलो हतियारले मृतकको टाउकोमा दशौं पटक प्रहार गरेर हत्या गरिएको अवस्थामा चन्द्र नहरको शाखा रहेको पानीको खोल्सीमा शव फेला परेको हो । मृतकका पति रमेश वैदेशिक रोजगारका लागि दुई वर्षदेखि मलेशियामा छन् । रमेशकी जेठी पत्नीले अर्केसँग विवाह गरेपछि पाँच वर्षअघि भोजपुरकी पदिकीसँग रमेशले विवाह गरेका थिए । पति विदेशिएपछि पदिकी देवर १६ वर्षीय सुब्बा श्रेष्ठ, सौताका आठ वर्षीय छोरा र बहिनीकी चार वर्षीय छोरीसँग बस्दै आएकी थिइन् । टिनको नयाँ घर बनाएको अवसरमा पदिकीले राति घरमै पार्टी गरेकी थिइन् । देवर सुब्बाले त्यस पार्टीमा घर बनाउने मिस्त्री हरेराम, भाउजू र आफू मात्र रहेको बताएका छन् । हत्याको आशंकामा प्रहरीले छिमेकी ३६ वर्षीय सन्तोष तामाङ्ग र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ । तामाङ्गको घरबाट रगत लागेको खुकुरी र बञ्चरो फेला परेपछि अनुसन्धानका लागि उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । तामाङ्ग दम्पतिले भने मासु काटेको रगत लागेको भन्दै काटिएको मासुसमेत देखाएका छन् । प्रहरीले अनुसन्धानका लागि मिस्त्री हरेराम र देवर सुव्बालाईसमेत नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ । शव पोष्टमार्टमका लागि राति ८ बजे राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ । लाशको शनिबार विहान पोष्टमार्टम गरी अनुसन्धान अगाडि बढाइने इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतीक विष्टले बताए । हत्याको कारण खुल्न नसकेको उनले बताएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy