Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

जापानी विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं । छ महिना अघि नेपाल आउन नरुचाएका जापानका परराष्ट्रमन्त्री तारो कोनो दुईसातापछि दुई दिने नेपाल भ्रमणमा आउने भएका छन। त्यतीबेला परराष्ट्र मन्त्रालयले जापनको प्रस्तावित तिथीलाई तलमाथि गरेको भन्दै उनी भुटान भ्रमणमा गए तर नेपाल आएनन। त्यही समयमा उनको नेपाल भ्रमण गर्ने तयारी थियो। अाजकाे अन्न्पु्र्ण पाेष्ट दैनिकमा खबर छ - त्यसपछि जापान रिसाएको अनुभव गरेको नेपालले उनको भ्रमण गराउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गत महिना जापान नै गए। अन्तत उनी आगामी पुस २५ मा नेपालको दुई दिने भ्रमणको क्रममा आउने भए। परराष्ट्रमन्त्री ज्ञवालीको निम्तोमा उनी नेपाल आउन लागेका हुन। उनले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन। उनले परराष्ट्र मन्त्रीसँग डेलिगेसन स्तरमा वार्ता गर्नेछन। यसअघि परराष्ट्रमन्त्री ज्ञवाली जापान गएर आएपछि जापनीहरुले भ्रमणको प्रस्ताव गरेका हुन। उनले आउन चाहदा नेपालले अन्य ब्यस्थता देखाएपछि जापानीहरु रिसाएका थिए। जापान नेपालको ठूलो दातृमुलुक हो भने पुरानो मित्र मुलुक पनि। जापानले नेपालको सहयोगमा निरन्तर सहयोग गर्दैछ भने आगामी दिनमा पनि सहयोग गर्ने जनाएको छ। जपानी सहयोगलाई नेपाल सरकारले स्वार्थ रहितको सहयोग समेत भन्ने गरेको छ। यद्यपी जापान पछिल्लो सयम विश्व राजनीतिमा अमेरिकासँगै अग्रसर रहेको र अमेरिकी क्वार्डमा जापान पनि एक सदस्य रहेको हुनाले उनको यो भ्रमणलाई अर्थपूर्ण मानिन्छ। ज्ञवाली जापान पछि अमेरिका गए। त्यहाँको भ्रमणमा नेपाललाई यस क्षेत्रमा भूमिका खेल्न अमेरिकीहरुले आग्रह गरेका छन। सार्कको मुख्यालयमा नेपालमा छ भने यो क्षेत्रको पुरानो मुलुकमा नेपाल हो। अमेरिकाको रणनीतिक राडरमा नेपाल रहेको भनिरहदा जापानबाट हुने भ्रमणलाई सबैले अमेरिकी आँखाबाट पनि हेरिने हुनाले यसलाई विशुद्ध दुईपक्षीय भन्दा पनि क्षेत्री राजनीतिमा नेपालको महत्व बढेको रुपमा लिनुपर्ने परराष्ट्र अधिकारी नै बनाउछन। परराष्ट्रले उनको भ्रमण तालिक सार्वजनिक गर्दै भनेको छ, ‘परराष्ट्रमन्त्री ज्ञवाली र जापानी सकमक्षी कोनोले प्रेसलाई संयुक्त सम्वोधन समेत गर्ने कार्यक्रम छ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy