Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

कसिँदै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन प्रयोजनका मालसामान सोझै बजारबाट किन्न पाउने निर्वाचन आयोगको सुविधा कटौती गर्ने विधेयक संसद्मा दर्ता भएको छ। अघिल्लो निर्वाचनमा आयोगले टेन्डर नगरी सोझै करोडौं रुपैयाँको सामान खरिद गरेको भन्दै सरकारले केही नेपाल ऐनमा संशोधन गर्न बनेको विधेयकमार्फत आयोगलाई कस्ने प्रस्ताव गरेको छ। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - आयोगले बिनाटेन्डर निर्वाचनका मालसामान किन्ने गरेका कारण करोडौं बेरुजु आउने गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले पटकपटक प्रश्न उठाएको थियो। महालेखाको २०७४ को प्रतिवेदनअनुसार आयोगको १९ करोड १६ लाख ७१ हजार बेरुजु छ। निर्वाचनका क्रममा विभिन्न दातृ निकाय र संघसंस्थाबाट प्राप्त प्राविधिक तथा वस्तुगत सहायताको आर्थिक विवरण आयोगले पेस पनि नगरेको महालेखाको प्रतिवेदनमा छ। निर्वाचन आयोग ऐन २०७३ ले ‘प्रचलिन कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले निर्वाचनको कामका लागि आवश्यक जिन्सी मालसामान खरिद गर्दा वा सेवा प्राप्त गर्दा प्रचलित कानुनबमोजिम बोलपत्र लिन सम्भव नभए त्यसको कारण उल्लेख गरी दरभाउपत्रबाट र दरभाउपत्र पनि लिन सम्भव नभए सोझै बजारबाट मालसामान खरिद वा सेवा प्राप्त गर्न सक्नेछ’ भन्ने व्यवस्था छ। तर सरकारले संशोधनका लागि पेस गरेको विधेयकमा ‘आयोगले निर्वाचन प्रयोजनका लागि आवश्यक वस्तु वा सेवा खरिद गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनबमोजिम गर्नुपर्नेछ’ भन्ने प्रस्ताव छ। निर्वाचन आयोगले आवश्यकताअनुसार अस्थायी, करार वा ज्यालादारी कर्मचारी भर्ना गर्दै आएकोमा अब त्यस्ता कर्मचारी भर्नामा सरकारको पूर्वस्वीकृति लिनुपर्ने प्रस्ताव विधेयकमा छ। एकमुष्ट ५५ ऐनमा संशोधन र एउटा ऐन खारेजीको प्रस्ताव गरिएको केही नेपाल ऐन संशोधन विधेयक चालू हिउँदे अधिवेशनबाट पारित गर्नुपर्ने संवैधानिक बाध्यता छ। विधेयकमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा पनि संशोधन प्रस्ताव गरिएको छ। दुई वा सोभन्दा बढी दलबीचको विवाद निरुपण गर्ने गरेको आयोगलाई ‘एउटै दलभित्रका दुई वा सोभन्दा बढी पक्षबीच’ विवाद निरूपण गर्ने अधिकारको प्रस्ताव विधेयकमा छ। यस्तै संघीयता कार्यान्वयनको एक वर्षपछि क्षेत्रीय र अञ्चलका संरचना कानुनी रूपमा हटााउन विभिन्न ऐनमा संशोधनको प्रस्ताव विधेयकमा छ। संविधानसँग बाझिने कानुन फागुन २१ भित्र संशोधन गर्नुपर्ने संवैधानिक सीमाअनुसार सरकारले क्षेत्रीय र अञ्चलको संरचना हटाउने प्रस्ताव संशोधन विधेयकमा गरेको कानुनमन्त्री भानुभक्त ढकालले जनाए। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन र नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० का विभिन्न ठाउँमा उल्लेख भएका विकास क्षेत्र भन्ने शब्द पनि हटाउन प्रस्ताव गरिएको छ। नेपाल ट्रस्ट ऐनको सञ्चालक समितिको संरचनामा पनि फेरबदलको प्रस्ताव गरिएको छ। हाल गृहमन्त्रीको अध्यक्षतामा ट्रस्ट ऐन सञ्चालक समिति बन्ने गरेकोमा प्रधानमन्त्रीले तोकेको मन्त्रीको अध्यक्षतामा सञ्चालक समिति बन्ने प्रस्ताव विधेयकमा गरिएको छ। वैदशिक रोजगार ऐनमा दुई वा दुईभन्दा बढी इजाजतपत्र (म्यानपावर) कम्पनी मर्ज हुन पाउने प्रस्ताव गरिएको छ। विवादित बनेपछि कर फछ्र्योट आयोग ऐन २०३३ खारेजको प्रस्ताव विधेयकमा छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy