Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

पहिलो प्रशिक्षणमै उपाधि जित्न सफल भए श्रेष्ठ

काठमाडौँ। पहिलो पटक ‘ए’ डिभिजन क्लबको प्रशिक्षक बनेका सुमन श्रेष्ठ पहिलो प्रशिक्षणमै उपाधि जित्न सफल भएका छन् । सन् २००४ देखि प्रशिक्षक भएर काम गरे पनि श्रेष्ठले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा यसअघि प्रशिक्षण गरेको थिएन । बिहीबार मनाङलाई दुई खेलअगावै लिग च्याम्पियन बनाएपछि अहिले श्रेष्ठको चर्चा बढेको छ । ‘ए लेभल’ को लाइसेन्स प्राप्त प्रशिक्षक सुमन शहीद स्मारक ‘ए’ डिभिजन लिगको शुरुआती खेलमा गुमनाम जस्तै थिए । लिगमा मनाङले लगातार जित निकालेपछि सुमन सबैको नजरमा पर्न सफल भए । पहिलो पटक ‘ए’ डिभिजन क्लबको प्रशिक्षक बनेका सुमनले बिहीबार मनाङलाई २ खेलअघि च्याम्पियन बनाउन सफल भए । लिग जितेपछि उनले क्लबको लक्ष्य पूरा भएको प्रतिक्रिया दिएका छन् । श्रेष्ठले मनाङलाई उपाधि मात्र जिताउनुभएन, ६४ वर्षे लिग इतिहासमा लगातार ११ खेल जित्ने पहिलो प्रशिक्षक र टोलीको इतिहाससमेत कायम गरेका छन् । उपाधि जितिसकेको मनाङले अब जारी लिगमा दुई खेल खेल्न बाँकी छ । “हाम्रो अथक मिहेनतले दुई खेलअगावै लिग विजेता बन्न सफल भयौँ ।”, उनले भने, “लिगभन्दा अगाडि राम्रो तयारी पनि गर्न पाएका थिएनौँ, हामी सिधै सिक्किमको गभर्नस कप खेल्न गयौँ, सिक्किममा च्याम्पियन बनेपछि हाम्रो टोलीको ‘टिम वर्क’ राम्रो बन्दै गयो ।” पहिलोपटक ‘ए’ डिभिजन लिगको प्रशिक्षक बन्दा सोचेकोभन्दा बढी दबाब महसुस गरको बताउँदै उहाँले जारी लिगबाट आफूलाई धेरै कुरा सिक्ने मौका मिलेको प्रतिक्रिया दिए । टोलीमा रहेको विदेशी खेलाडीका कारण पनि लिग जित्न ठूलो सहयोग पुगेको उल्लेख गर्दै उहाँले राष्ट्रिय टोलीका छ जना खेलाडी क्लबमा हुन अझ बलियो पक्ष रहेको बताए । एन्फाबाट सन् २००४ मा प्रशिक्षकको रुपमा काम थालेका उनले शुरुआतमा धनकुटामा प्रशिक्षकको काम गगरेका थिए । त्यसपछि नेपाल आर्मीको क्षेत्रीय टोलीको प्रशिक्षक हुँदै ‘ए’ डिभिजन क्लब मनाङको प्रशिक्षक बनेको हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy