Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

प्रदेशबाटै श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारीका सेवा विकेन्द्रीकरण भएका छन्। सरकारले पहिलोपटक आइतबारदेखि प्रदेशबाट नै वैदेशिक रोजगारीका सेवा उपलब्ध गराउन लागेको हो। पहिलो चरणमा प्रदेश २ र ५ बाट सेवा सुरु हुनेछ। प्रदेशको श्रम कार्यालयले डिमान्ट लेटर, पूर्वस्वीकृति, श्रम स्वीकृति, उजुरी लिने र उजुरी फच्र्छोटलगायत काम गर्नेछ। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - यस्तै अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन गर्नेे, म्यानपावर व्यवसायी र कामदारबीच सुमधुर सम्बन्ध स्थापना गर्ने र कामदारलाई सूचना प्रणालीमा सहजीकरण गर्ने काम पनि यहीँबाट हुनेछ। यससँगै वैदेशिक रोजगारीमा जाने प्रक्रिया पूरा गर्न काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य भएको छ। सरकारले पुस १५ भित्रै सातवटै प्रदेशबाट श्रम स्वीकृति योजना बनाए पनि तयारी प्रदेश २ र प्रदेश ५ बाट मात्र सेवा दिन सुरु गर्न लागिएको छ। अन्य प्रदेशमा भने केही समय ढिलाइ हुने देखिएको छ। प्रदेशबाट सेवा दिन तयारी पूरा भइ नसकेको र मन्त्रिपरिषद् बैठकलेसमेत निर्णय गरिनसेकाले पुस १५ देखि नै सबै प्रदेशबाट श्रम स्वीकृति दिन नसकिएको श्रम मन्त्रालयका अधिकारीको भनाइ छ। सरकारले पुसभित्र सबै प्रदेशबाट यो सेवा प्रदान गर्ने तयारी गरेको छ। वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी प्रदेश २ बाट जाने गरेका छन्। यहाँबाट दैनिक करिब चार सय युवा रोजगारीका लागि विदेश जाने गरेका छन्। यस्तै प्रदेश ५ बाट दैनिक करिब दैनिक तीन सय युवा रोजगारीमा जाने गरेका छन्। गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालेसँगै वैदेशिक रोजगारका सबै काम विकेन्द्रीकरण गर्ने घोषणा गरेका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीका अनुसार मन्त्रालयले पुस १५ देखि सेवा दिने भने पनि मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेकाले केही ढिलो भएको हो। ‘हामी जतिसक्दो चाँडो प्रदेशबाटै श्रम स्वीकृति दिने तयारीमा छौं’, उनले भने। प्रदेशबाटै सेवा दिन आवश्यक तयारी झण्डै पूरा भइसकेको उनले बताए। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार पीडितको उजुरी लिने र अनुसन्धान गरी पीडकलाई कारबाही गर्ने गर्दछ। प्रदेश कार्यालयबाटै श्रम स्वीकृति दिनुका साथै वैदेशिक रोजगार पीडितको उजुरी दर्ता गरी अनुसन्धान गर्ने प्रवक्ता रेग्मीले बताए। हरेक प्रदेश राजधानीमा श्रम कार्यालय स्थापना भइसकेका छन्। ती कार्यालय मातहत अन्तर्गत वैदेशिक रोजगार इकाइ रहनेछन्। प्रदेश कार्यालयमा अधिकृतको नेतृत्वमा कम्प्युटर अपरेटर, सुब्बा, सहायकलगायत कम्तीमा ६ जनासम्म कर्मचारी रहनेछन्। प्रदेशबाट वैदेशिक रोजगारका सेवा दिन मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ। तर प्रदेश ३ मा काठमाडौंको ताहाचलमा कार्यालय भएकाले अन्य प्रदेशमा मात्रै इकाइ रहनेछन्। पहिलो चरणमा प्रदेश २ र ५ बाट सेवा सुरु हुनेछ। प्रदेशको श्रम कार्यालयले डिमान्ट लेटर, पूर्वस्वीकृति, श्रम स्वीकृति, उजुरी लिने र उजुरी फच्र्छोटलगायत काम गर्नेछ। वैदेशिक रोजगारका सबै काम प्रदेशबाटै हुने भएपछि वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार काठमाडौं कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयमा हुने भीड कम हुनेछ। वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईंले प्रदेशबाट श्रम स्वीकृतिका सेवा दिन व्यवस्थापनका काम भइरहेको बताए। ‘समय तोक्न नसकिएला तर जतिसक्दो चाँडो हामी सबै प्रदेशबाट सेवा दिनेछौं’, उनले भने,‘ छिटोभन्दा छिटो सेवा दिने प्रयास भइरहेको छ।’ वैदेशिक रोजगार विभागका अनुसार दैनिक एक हजार पाँच सयभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्। उनीहरूलाई हाल वैदेशिक रोजगार विभागअन्र्तगत ताहाचल कार्यालयलेमात्रै श्रम स्वीकृति दिँदै आएको छ। कार्यालयले पछिल्लो समयमा अनलाइनबाट सेवा दिन सुरु गरेको छ। टिकट र अनलाइनबाट पाएको समय र नम्बरको तालमेल नमिलेपछि सेवाग्राही लाइन लाग्न बाध्य छन्। वैदेशिक रोजगार विभागमा अत्यधिक भीड बढेपछि सरकारले २०७० मंसिर २६ गते ताहाचलमा वैदेशिक रोजगार काठमाडौं कार्यालयसहित मलेसिया, साउदी र कतार शाखा कार्यालय स्थापना गरेको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending