Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

यसरी बढे मकवानपुरगढीमा पर्यटक

हेटौँडा । ऐतिहासिक मकवानपुर गढीमा आन्तरिक पर्यटक तथा इतिहास अध्ययनकर्ताहरूको भीड बढ्न थालेको छ । मकवानपुरगढीको ऐतिहासिकता तथा वस्तुस्थितिसहितको समाचार राष्ट्रि«य समाचार समितिले सम्प्रेषण गरेपछि र विभिन्न सञ्चारमाध्यममा प्रसारण प्रकाशन भएपछि मकवानपुर गढीमा आउने पर्यटक तथा अध्ययन टोलीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । आज मात्रै ५० भन्दा बढी समूहलाई वनभोजमा सघाएको स्थानीय व्यवसायी राजीव तामाङले बताए । शनिबार पुल्चोक इञ्जिनीयरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरूको एक टोलीले ऐतिहासिक मकवानपुरगढी क्षेत्रकोे स्थलगत अध्ययन गरेको छ । प्राध्यापक डा सुधा श्रेष्ठको नेतृत्वमा उपप्राध्यापक अजयचन्द्र लालसहितको विद्यार्थी टोलीले आज ऐतिहासिक किल्लाको अध्ययन गरेको हो । इञ्जिनीयरिङ कलेजका पाँचौँ वर्षका २४ विद्यार्थी त्यहाँको इतिहाससहित गढी क्षेत्र संरक्षण र वरिपरिका क्षेत्रको संरक्षण र विकासका लागि अध्ययन, अनुसन्धान र लागत अनुमान गर्न आएका हुन् । गढीआसपासको क्षेत्र संरक्षणका लागि गर्न सकिने प्रयासबारे समूहले अध्ययन थालेको छ । टोलीले तीन दिन गढीक्षेत्रमा रहेर त्यहाँको भूगोल, इतिहास, वास्तुकला आदिबारे अध्ययन गर्नेछ । टोेलीलाई मकवानपुर गढी गाउँपालिकाले समेत अध्ययन कार्यमा सघाएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताए । टोलीलाई इतिहासविद् केदारप्रसाद न्यौपानेले इतिहास र अन्य संरचनाबारे स्थलगत जानकारी गराएका थिए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy