Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

रुसमा शक्तिशाली बिस्फोटः चारको मृत्यु, ४० बेपत्ता

काठमाडाैं । रुसी शहर माग्नितोगोस्र्कमा एक भवनमा शक्तिशाली बिस्फोटका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ । उरल प्रान्तमा रहेको यो शहरका अधिकारीका अनुसार बिस्फोटको कारण ग्यास लिक हुनु हो । बिस्फोट स्थानीय समयानुसार ६ बजेर २ मिनेटमा भयो । बिस्फोटका कारण भवनको ४८ औं तल्ला पूर्ण रुपमा नष्ट भएको छ । यो भवनमा एक सय २० जना बसिरहेको बताइएको छ । भवनको भग्नावशेषबाट अहिलेसम्म १६ जनालाई निकालिएको छ जसमध्ये सातजना बालबालिका छन् । चार घाइतेलाई अस्पताल पुर्याइएको छ । प्राप्त जानकारी अनुसार अहिलेसम्म ४० जना बेपत्ता छन् । यद्यपी, रुसी समाचार च्यानल वेस्तीले अधिकारीको हवाला दिँदै अहिलेसम्म भवनमा बस्ने ५० जनालाई बचाइएको जानकारी दिएको छ । राहतकार्यमा समस्या निम्तिन सक्छ किनभने चिसो मौसममा मोग्नितोगोस्र्क शहरको तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म हुन्छ । रातीको तापक्रम न्यूनतम माइनस २९ डिग्री सेल्सियससम्म पुग्ने गर्छ । राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनास्थल पुगेर राहत र बचाउकार्यको निरिक्षण गरे । उनले भने, ‘आज डिसेम्बर ३१ तारिख हो । संसारभरी उत्सव मनाइँदैछ तर माग्नितोगोस्र्क शहरमा यो भयानक दुर्घटना भयो । मेरो समवेदना पीडित परिवारको साथमा छ र बचन दिन चाहन्छु कि हरसम्भव मद्दत गरिनेछ ।’ दुर्घटनामा बच्न सफल एक महिलाले भनिन्, ‘घरको छत खसिरहेको आवजले मेरो आँखा खुल्यो । आँखा खोल्दा देखेँ कि घरको एउटा भित्ता गायब छ र मैले आफ्नी आमा र छोराको आवाज सुनेँ जो थिचिएका थिए ।’ बीबीसी

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy